नेपाली ह्याकरले विश्वकपमा जिते २ करोड १२ लाख रुपैयाँ पुरस्कार

सोमबार, कात्तिक २७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

विश्वभरका ह्याकरहरूको टिम एक-अर्कासँग प्रतिस्पर्धा गर्दै  यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन लगाइन्छ। तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छन्। अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ ।नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराएका थिए ।370126241_287918924226717_3171747325335943803_n-1699870111.jpg

तेस्रो  स्थानमा चित्ता बुझाएका नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार पाएको छ ।यसअघि क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाली टिम सेमिफाइनल पुगेका थिए।भने सेमिफाइनलमा नेपाललाई हराएर फाइनल पुगेको स्पेन  पहिलो र फ्रान्सलाई हराएर फाइनल पुगेको इजरायल दोस्रो भए । नेपाली ह्याकरको टिममा आनन्द ढकाल, विवेक उप्रेती, सन्दीप ओली, विवेक न्यौपाने, प्रशान्त भट्टराई, आकाश हमाल, विवेक ढकालसहित २६ जना थिए । फाइनलका लागि अर्जेन्टिना जाने सूचिमा भने १० ह्याकर थिए ।   

सेमिफाइनल चरणका खेल सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म भर्चुअल रूपमै भएको थियो । फाइनल भने अक्टोबर १९ देखि नोभेम्बर ३ मा अर्जेन्टिनामा भएको हो । फाइनलका लागि नेपाली टिमलाई अर्जेन्टिना बोलाइए पनि भिसा समस्याका कारण जान पाएका थिएनन् ।

मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्स्टिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्