अन्नपूर्ण दुधपोखरी ADP गाइजको आयोजनामा फुल्याङ बन्ड लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी”हुदै

आइतबार, भदौ ३०, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,कोरियन महान पर्व छुसकको पहिलो दिन यानाकी आज सेप्टेम्बर १५ तरिक अन्नपूर्ण दुधपोखरी ADP गाइजको आयोजनामा “फुल्याङ” ब्यान्ड  लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” हुदैछ। DJ C-MAN  र कोरियामा पछिल्लो समय चलेको नेपाली युवाहरुको  “फुल्याङ” ब्यान्डले  प्रस्तुति दिने आयोजकका सुनिल गुरुङले बताउनु भएको छ।

सउलको 서울 성북구 동서문로 20 나길 47 कबलमा बेलुकी ८ बजे बाट विहान ६ बजे सम्मा पार्टी चल्ने आयोजकले बताएको छ। क्लब सम्मा  पुग्नको लागि Train line no.4 성신에게 구역 gate no १ बाट निस्केर १० मिनेट मा पुग्न सकिने छ भने दोङ्देमुन गेट नम्बर ३ बाट निःशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ।

कार्यक्रमको प्रवेश शुल्क पहिले ३५,००० वन निर्धारण गरिएता पनि नेपाल बाट अमान्त्रित चर्चित गायक नरेन लिम्बु भिषाको कारण उपस्थित हुन नसकेपछि प्रवेश शुल्कमा  केहि परिमार्जन गरी ३०,००० वन कायम गरिएको छ।

प्राविधिक कारण नेपाल वाट कलाकार नरेन लिम्बु लाई ल्याऊन असफल भए पछि कार्यक्रम भने यथावत समय र स्थान मै सुचारू हुने जानकारी गराऊदै प्रेस विज्ञाप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन।

IMG_3915-2-1726370724.JPG
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्