नेपाली फिल्म 'छक्का पञ्जा ५'  दक्षिण कोरियामा पनि रिलिज हुने भएको छ

शुक्रबार, असोज १८, २०८१
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,नेपाली कथानक चलचित्र छक्का पञ्जा ‘५’दोलखाली समाज दक्षिण कोरियाले कोरियाको अफिसियल राईटस लिए संगै कोरियाको सबै शहरमा  लगाउने तयारी भइरहेको सस्थाका अध्यक्ष अभि थापाले जन आवाजलाई बताउनु भएको छ।

IMG_4189-1728046480.JPG
दुर्गम क्षेत्रको बालबालिकाको  ‘स्वास्थ्य र शिक्षामा’ सहयोग गर्ने मुख्य उद्देश्यका साथ चलचित्र प्रदर्शन गर्न लागिएको अध्यक्ष थापाले बताउनु भयो।

IMG_4172-4-1728047040.JPG
उनका अनुसार अक्टोबर १३ मा कोरियाको थेजन शहरमा  NRNA छुङछङ नाम्दो थेजन दक्षिण कोरियाले प्रदर्शन गर्न सम्पूर्ण तयारी पुरा गरेको छ। त्यसैगरी नोन्सान नेपाली समाज दक्षिण कोरियाले अक्टुबर १२ तारिक फिल्म देखाइनेछ भने अन्य शहरमा फरक–फरक मितिमा प्रदर्शन गरिनेछ। अन्य सहरहरूमा पनि विभिन्न मितिमा फिल्म प्रदर्शन गरिने उनले बताए। 

IMG_4178-5-1728047217.jpg
दीपाश्री निरौलाको निर्देशन रहेको 'छक्का पञ्जा ५' मा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको यस  दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज गर्ने नेपाल लगायत विश्वभर निर्माण पक्षले तयारी गरिरहेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्