सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
हरि सुमन थापा ,मोक्पो -दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा(대불 산단 복함문화센터) " नमस्ते नेपाल The first Global culture Week Nepal" नामक नेपाल नेपाली जनजीवन खानपान नेपाली कला संस्कृती तथा भाषिका समन्धी प्रदर्शनी हुने भएको छ।अक्टोबर २० बाट सुरु भइ १हप्ता चल्ने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २पुस्तक र नेपाल् मा सम्भावित व्यापार ब्यावशाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनी हुनेछ।
नेपालको पर्यटन प्रवर्द्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा ३ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीका नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनु भएको छ।उक्त क्षेत्रमा वसोवास गर्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त कार्यका लागि आर्थिक अभियान चलाउनु भएको थियो भने नेपाली राजदुतावास र तिब्बतियन म्युजियमको सहयोग रहेको छ।नेपाल र नेपाली समन्धी सकेसम्म सबै जिज्ञासा मेटाउन कोसिस गरिएको उक्त प्रदर्शनीमा नेपाली तथा कोरियाली लोक साँस्कृतिक कार्यक्रम पनि हुनेछ।कोरियालीहरुलाइ नेपाली खानाको अनुभव पनि गराइने छ।