रामबाबु गुरुङको ‘डिग्री माइला’ एम .ए थर्ड क्लास’ छिटै दक्षिण कोरिया आउँदै

‘डिग्री माइला’ एम .ए थर्ड क्लास’
मंगलबार, कात्तिक २८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलता पछि निर्देशक रामबाबु गुरुङको  नयाँ फिल्म  ‘डिग्री माइला : एम .ए थर्ड क्लास’ल्याउने भएका छन।  उनले आफ्नो निर्देशन रहने फिल्म ‘डिग्री माइला : एम .ए  थर्ड क्लास’को अहिले धमाधम सुटिंग चलिरहेको बताएका छन्।  आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्मको निर्माण कार्य तिब्रारूपमा भइरहेका छन्।

400274449_1046041180067765_9082802010480248364_n-1699966646.jpg

२०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर फिल्म बन्न लागेको हो । उक्त नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । फिल्ममा भने उनी मुख्य भूमिकामा देखिने छ ।

शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटकले पनि यही विषय उठाएको थियो । कमेडी जनरामा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । निर्देशक गुरुङले ‘डिग्री माइला’ प्रदर्शनमा आएपछि ‘कबड्डी ५’को निर्माण थाल्ने चर्चा छ । उनले पछिल्लोपटक फिल्म ‘फूलबारी’को निर्देशन गरेका थिए ।

फिल्मका मुख्य कलाकारहरुमा दयाहाङ राई ,आँचल शर्मा ,विजय बराल , बुद्धि तामाङ र माओत्से गुरुङलगायत रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “नमस्ते(फ्याफुल्ला) कोरिया - नेपाल इन्टटेटमेन्ट” टिमले लिने भएका छन्।

यो फिल्म ले कबड्डी ४’ र ‘जारी’ फिल्मको  रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दावि गरेका छन् तै पनि रामबाबु नेपाली परिवेश टिपिकल अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशक पक्कै हुन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्