नेपाल घेदुङ सउल केन्द्रको वार्षिक साधारण सभा नोभेम्बर १७ मा हुने

सोमबार, कात्तिक २६, २०८१

बोम्जन गुरुङ,दक्षिण कोरिया

कोरिया स्थित नेपाल तामाङ घेदुङको सउल केन्द्रको वार्षिक साधारण सभा एघारौं केन्द्रीय अधिवेशन यही नोभेम्बर १७ तारिक आईतबार हुने भएको छ । संस्थाको एघारौं कार्यसमितिको वितेको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाको बिषयमा छलफल गर्ने उद्धेश्यले सउलको निक नेपाल ट्राभल्सको सभाहलमा बिहान ठिक ११ बजेदेखि शुरु हुने गरि सो साधारण सभा हुने भएको हो । 

“तामाङ भाषा,धर्म,संस्कार,संस्कृतिको प्रवर्द्धन गरौ,तामाङ पहिचान र अस्तित्वको लागी एक हौ" भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै दुई दशक भन्दा लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष राजकुमार स्याङ्तान तामाङले बताए । कोरियाको ख्यङ्साङ र जेजुदो क्षेत्रमा आफ्नो शाखा विस्तार गरिसकेको यस संस्थाले विगत लामो समयदेखि ख्यङ्साङमा रहेको एकमात्र महिला आवास गृह (नाना आङा धिम) समेत सेल्टर समेत सञ्चालन गरेर सेवा दिईरहेको सन्दर्भ सोही संस्थाका महासचिव दावा फिन्जो तामाङले जानकारी दिए ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको उक्त वार्षिक साधारण सभालाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न शाखाका अध्यक्षहरु, पदाधिकारीहरु एवं सदस्यहरु, संस्था सम्बद्ध सल्लाहकारहरु, विभागीय प्रमुखहरु, खेलाडीहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समस्त शुभचिन्तक, समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागी आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्