सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया ,नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको वार्षिक साधारण सभा भव्यरूपमा सम्पन्न भएको छ। तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको प्रवर्द्धन गरौं, तामाङ पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मूल नाराका साथ आयोजित वार्षिक साधारण सभा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास, सिओल, दक्षिण कोरियाका द्वितीय सचिव सूर्य बहादुर थापा रहनु भएको थियो भनेविशिष्ट अतिथिहरूमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राई , एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ ,खेलाडी संघ दक्षिणका अध्यक्ष आर के पहारी श्रेष्ठ, मगर संघ दक्षिण कोरिया अध्यक्ष तुल घर्ति मगर ,तमुधी दक्षिण कोरिया अध्यक्ष रुपा गुरुङ , शेर्पा संघ दक्षिण कोरिया अध्यक्ष , किराँत राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष लगायत क्षेत्रीय तथा विभिन्न राजनीतिकदलका अध्यक्ष एवंम प्रतिनिधि हरुको उपस्थिती रहेको थियो । त्यसैगरी केन्द्रका संरक्षक, वरिष्ठ सल्लाहकाहरू, प्रमुख सल्लाहकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरू, विद्यार्थी लगायतको पनि बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा तामाङ घेदुङ दक्षिण कोरिया लाई विभिन्न तवरबाट सहयोग गर्नु हुने व्यक्तित्वहरु लाई सम्मान पनि गरिएको थियो।
घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतानले कार्यक्रम लाई समापन गर्नुहुदै वार्षिक साधारण सभा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद एवम आभार व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संञ्चलन संस्थाका महासचिव दावा फिन्जो तामाङले गर्नुभएको थियो।