सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया ,बागमती प्रदेश एकता समाज कोरियाको चौथो अधिवेशन यहि डिसेम्बर २९ तारिख आइतबार हुने भएको छ ।
“देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा सम्वृद्धिको उठान“ भन्ने मुल नाराका साथ दक्षिण कोरियाको राजधानी सौलको व्यस्त शहर दोङ्देमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा अधिवेशन गर्ने निर्णय भएको बागमती प्रदेश एकता समाज कोरियाका अध्यक्ष बीपी पौडेलले जानकारी दिनु भएको हो।
बागमती प्रदेश एकता समाज कोरियको स्थापना सन् २०१८ सालमा भएको थियो भने यस संस्थाले स्थपनाकाल देखिनै विभिन्न सामाजिक कार्यहरु गर्दै कोरियामा रहेका बागमती प्रदेश भित्र पर्ने जिल्लाहरुले आयोजना गर्ने कार्यक्रम हरुमा समन्वय भूमिका निभाउँदै आइरहेको छ।कार्यक्रम ठिक ११ बजे तोकिएको समयमै सुरु हुने बताइएको छ।