सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया , कास्की परिवार दक्षिण कोरिया द्वारा संस्थाको आपातकालीन राहत कोष अभिबृदि गर्ने उदेश्यका साथ कोरियाली महान पर्व सलनालको पहिलो दिन नेपाली सम्पर्क समिति दक्षिण कोरिया (NCC )को सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा “यो मन त मेरो नेपाली हो लाइभ इन सौउल” २०२५ जनवरी २८ तारीख माछापुच्छ्रे सांगीतिक सौगात भाग-४ कार्यक्रम गर्ने तय भएको हो। कार्यक्रममा नेपालको बहुचर्चित व्याण्ड 1974 A.D . आउने भएको छ ।
सांगीतिक कार्यक्रम लाई भव्यरूपमा सम्पन्न गर्नका लागि कार्यक्रम आयोजक कमिटी गठन गरी प्रमुखमा कास्की परिवार दक्षिण कोरियाका संरक्षक परिषद प्रमुख खोम प्रसाद गुरुङ ,आर्थिक संयोजकमा संस्थाकी पुर्व अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार आरती ह्योल्मो,प्रचार प्रसार संयोजकमा सल्लाहकार टेकनाथ भण्डारी लाई जिम्मेवारी दिएको छ ।
"सङ्गठित समुह नै प्रदेशको सहारा हो "भन्ने मुल नाराका साथ सन२००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।
गत हप्ता बहुचर्चित व्याण्ड 1974 A.D र कलाकार सहितको पोस्टर सार्वजनिक कार्यक्रममा प्रमुख खोम प्रसाद गुरुङले बोल्दै कार्यक्रमलाई भव्यरूपमा सफल गर्नको लागि दक्षिण कोरियाका सकृय सामाजिक एवम् राजनीतिक संघ संस्था, व्यबसायी ,पत्रकार , कलाकार ,वौद्धिक एवम् सामाजिक व्यक्तित्व , विधार्थी वर्गहरु एवम् सम्पुर्ण नेपाली दाजु भाइ, दिदि बहिनिहरु उपस्थित भई मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा हातेमालो गरिदिन हार्दिक अनुरोध समेत गर्नुभएको छ।