बृहत सॉस्कृतिक कार्यक्रम सहित दक्षिण कोरियामा पनि सोनाम ल्होछार मनाउने

शनिबार, मंसिर २९, २०८१

दक्षिण कोरिया ,दक्षिण कोरियामा बृहत सॉस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार मनाउने भएका छन्। नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र द्वारा यहीँ आउदो कोरियन चाड सालनालमा मञ्जुश्री संवत् २८६१मञ्जुश्री संवत् २८६१ पुख्री ल्हो ( सर्प बर्ष ) सोनाम ल्होछार भव्यरूप मनाउने भएको हो।

बृहत सॉस्कृतिक कार्यक्रम दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ गर्न लागिएको र विगतमा  भन्दा अझ बृहत रूपमा मनाउने तयारी भैरहेको संस्थाका अध्यक्ष एवंम कार्यक्रम संयोजक राजकुमार  स्याङ्तानले जानकारी दिनु भयो

हामी चाडै नै लोकप्रिय कलाकार सहितको पोस्टर सर्वाजनिक गर्ने तयारी गर्दैछौं स्याङ्तानले बताउनु भयो |कार्यक्रम गत वर्ष ल्होसार मानाइएको स्थान जोङ्गक स्टेसन नजिक खोङवामुन पछाडि HW Convention Hall मै मनाउने  भएको छ।

 

"सोनाम ल्होछार कार्यक्रम”

मितिः २०२५ जनवरी २८ मंगलबार ।

समयः दिनको ३.३० बजे देखि राती १० बजे  सम्म

स्थानः HW Convention Hall 컨벤션센터

사울특별시 종로구 자하문로 255(부암동 165-3)

IMG_0447-1734176315.JPG
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्