सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया ,Fonemoneyको १ करोड वन जित्ने अफरको अवधि अब ३ महिना थप भएको छ । रेमिटेन्स कम्पनी Fonemoneyले पछिल्लो समयमा सेवाग्राहीहरुबाट व्यक्त बढ्दो चाहनालाई मध्यनजर गर्दै Fonemoney साथमा १ करोड हातमा योजनाको अवधि मार्च ३१,२०२५ सम्मको लागि बढाइएको जनाएको छ ।
कम्पनीको यो अफर अवधि बढेसंगै अरु १२ जना सेवाग्राहीले पैसा डबल बनाउने मौका पाउनेछन् । २१ हप्ताको अवधिमा हालसम्म Fonemoneyबाट पैसा पठाउने २१ जनाको रेमिटेन्स पठाएको पैसा डबल भईसकेको छ । आगामी साता सोमबारपनि सो साताको आईतबारसम्म पैसा पठाउने मध्येबाट लक्की ड्रमार्फत् पैसा डबल हुने एक भाग्यशाली सेवाग्राही छनौट हुनेछन्। Fonemoneyले शुन्य सेवा शुल्कमा सेवा दिदै आईरहेको छ । कोरियामा नेपालीहरुको विश्वास जित्दै गरेको रेमिट Fonemoneyले Refer and Earn योजना समेत संचालन गरेको छ जसमा Fonemoneyको एप ३ जनालाई रिफर गर्नेले रु १००० र नयाँ खाता बनाउनेले ईसेवा वालेटमा रु.१०० पाउनेछन्।
Fonemoneyको सहकार्यमा कोरियामा Laxmi Sunrise Bankले विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । बैंकबाट SAVING तथा REMIT खाता तुरुन्तै खोली कोरियाबाटै IPO भर्न सकिनेछ । साथै DMAT, C-ASBA, IPO तथा SHARE कारोबारका विभिन्न सुविधामा पनि सहकार्य गरी सेवाग्राहीलाई सुविधा दिदै आएको छ ।
Laxmi Sunriseकै डिजिटल बैंकिङ्ग एप OrangeNXTबाट कोरियामा रहेका नेपालीहरुले घरमै बसेर खाता खोल्ने तथा २४ सै सपोर्ट सुविधा सहित उत्कृष्ट बैंकिङ्ग सुविधा पाउँदै आएको छ ।
१ करोड वनको पछिल्लो अफर समयावधि थपले सेवाग्राहीहरुले थप फाइदा पाउने र Fonemoneyको सेवा हालसम्म लिन पाइनसक्नु भएका नेपालीहरुको लागि सुनौलो अवसर हुने कम्पनीले दावी गरेको छ । सुरक्षित रेमिटेन्स कारोवारका डिभाईस डिडेक्टर प्रविधिसहित छिटो र छरितो सेवाको कारण पनि Fonemoney प्रति कोरियामा जनविश्वास बढ्दै गईरकेको पाइएको छ।