तामाङ पत्रकार संघको सातौं संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न नेतृत्वमा नेत्र तामाङ

आइतबार, पुस १४, २०८१

काठमाडौं नेपाल ,तामाङ पत्रकार संघको सातौं संघीय राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा नेत्र तामाङ सर्वसम्मत निवार्चित हुनुभएको छ।

महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितीमा अध्यक्षमा नेत्र तामाङ ,वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल , उपाध्यक्षहरूमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ निवार्चित भए भने महासचिवमा सरस्वती तामाङ सचिवहरूमा आदर्श थोकर ,जिबी लामा र मिक्साङ वाइबा सर्वसम्मत चयन भए भने कोषाध्यक्षमा हिरामान बल सर्वसम्मत निवार्चित हुनुभएको हो।

IMG_0530-1735433555.jpg
खुल्ला केन्द्रिय सदस्यहरूमा अमृता तामाङ,अञ्जली तामाङ ,पासाङ घिसिङ ,सुदिन दोङ,संगम लामा र श्यामलाल लामा सर्वसम्मत निवार्चित भए।

बागमती प्रदेशबाट आर्जुन तामाङ ,मान काजी तामाङ सन्तोष योन्जन तामाङ ,शान्ती थिङ,राज कुमार स्याङ्बो, राधिका लो तामाङ र श्याम बहादुर तामाङ गरि ७ जना केन्द्रिय सदस्यमा निर्वाचित भए।

कोशी प्रदेशबाट अनुप योन्जन र सन्तोषीकला तामाङ त्यसैगरी मधेश प्रदेशबाट साङ बहादुर लो (राजु ) केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ।

 

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्