अन्तरक्रिया कार्यक्रम

गण्डकी प्रदेश समाज दक्षिण कोरिया द्वारा पूर्व मन्त्री र संघीय सांसद संग नोभेम्बर १८ मा अन्तरक्रिया कार्यक्रम गर्ने

बुधबार, कात्तिक २९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व  खानेपानी आपुर्ति मन्त्री बिना मगर साथै नेपाली कंग्रेसका काठमाण्डौ ५ बाट जननिवार्चित संघीय सांसद प्रदिप पौडेल र पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी लगायतको नेताहरु संग कोरिया आउनु भएको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

"उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! "  इत्यादी विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविन गिरीले जानकारी दिनु भएको हो।

कार्यक्रम यही आउदो नोभेम्बर १८ तारिक शनिवार बेलुकी ८ बजे देखि १० बजे सम्मा नेपाल थाई रेष्टुरेन्टको सभा हल दोङ्देमुन सिउलमा हुने पनि जानकारी दिनुभएको छ।साथै अध्यक्ष गिरीले सम्पूर्ण कोरियाबासी नेपाली समुदायलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्नु भएको छ।।

सांसदहरू यही आउदो नोभेम्बर १७ तारिक शुक्रबार हुने कोरिया–नेपाल सहयोग आदानप्रदान र सहकार्यमा अर्थपूर्ण छलफल कार्यक्रममा भाग लिन दक्षिण कोरिया आउन लागिएको हो। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसयी, विज्ञ र लगानीकर्ताहरुलाई एकै ठाउँमा ल्याउने मञ्चको उद्देश्य रहेको स्रोतले जनाएका छन्। कार्यक्रम सियोलको योंगदोम्बोमा हुन लागिएको हो।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्