सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दक्षिण कोरिया -नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली बुधबार उल्लासमयका साथ मनाइएको छ। एक आपसमा दिदिभाइहरु मिलेर टीका ग्रहण गर्ने तिहारको पाँचौ दिन साँच्चिकै निकै रमाइलो हुने गर्छ। विदेशमा व्यस्तताको बाबजुत पनि आफ्नो कला ,संस्कृति र रितिरिवाज लाई भुल्न भने पक्कै पनि सक्दैन यसैबीच, दक्षिण कोरियामा नेपालीहरुले पनि साइतमै भाइटीका लगाएर तिहारको शुभकामना सहित तस्वीरहरु सामाजिक संजालमा सार्वजनिक गरेका छन्। नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्सान बुसानका अध्यक्ष परि गुरुङ, स्वायम्बु रेस्टुरेन्ट सुवनका संञ्चालक नन्द गुरुङ , विधार्थी संगठन (सनसिक) का अध्यक्ष मेघनाथ पौडेल ,पत्रकार महासंघ दक्षिण कोरिया शाखाकी सचिब कमला के.सी र पूर्व एन आर एनए अध्यक्ष लक्ष्मी गुरुङ लगायतका भाइटीकाका तस्वीरहरु जनआवाजले संकलन गरेको छ।
यस्ता छन् दक्षिण कोरियामा नेपालीहरुको भाइटीकाका तस्वीरहरु:-