नेपाली सम्पर्क समिती(NCC) ले कोरियन पर्व सलनालमा आयोजित कार्यक्रमहरूको बाड्फाड गर्ने

कार्यक्रम बाड्फाड
शुक्रबार, मंसिर १, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - दक्षिण कोरिया स्थित  नेपाली संघसंस्थाहरुको छाता संस्था नेपाली सम्पर्क समिति NCC कोरियाको नयाँबर्ष सलनालका लागी विभिन्न संघसंस्थाले आयोजना हुने कार्यक्रमको बाड्फाड गर्ने भएको छ ।

पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभागहरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत थुप्रै बिभाग हरु गठन गरि काम गरिरहेको संस्थाले  सास्कृतिक कार्यक्रम बाडफाड कार्यक्रम लाई  सफल पारिदिनुहुनको लागि प्रादेशिक, जातिय, क्षेत्रीय,जिल्लागत,पत्रकार, धार्मिक संघ संस्थाका साथै बुद्धीजिबी,ब्यापारि,बिधार्थी र कोरियामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी मा हार्दिक अनुरोध गरिएको अध्यक्ष हरि खनालले  बताउनुभएको छ ।

कार्यक्रम तपशिल बमोजिम हुने छ ।

मिती -2023/11/26 आईतबार

समय-11:30 बजे (बिहान)

स्थान- NIK TRAVEL को सभाहल दोङदेमुन सउल

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्