एनफ नेकोई द्वारा राष्ट्रिय अविष्कार केन्द्र र भूकम्प पिडित लाई सहयोग वितरण

आइतबार, मंसिर ३, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया , जुन उद्देश्य राखेरा पशुपति प्रसाद-२ भष्मे डन" लाई च्यारिटी शोको रूपमा चलाएका थिए त्यस अनुसार जाजरकोट - रुकुम भूकम्प पिडितको लागी कर्णाली प्रदेश समाज दक्षिण कोरियाले चलाएको अभियानमा करिव २० हजार नेपाली र राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा हाल मर्मत गरिरहेको नेपालकै गौरव बोकेको विरगन्ज कृषि औजार कारखानाको सुधारका लागि करिव ८०हजार नेपाली रुपैया वितरण गरेका छन्।

400781890_1906104086471075_3835074318518893387_n-1700394297.jpg

जाजरकोट - रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको  विरगन्ज कृषि औजार कारखानाको सुधार सहयोगार्थ  "पशुपति प्रसाद-२ भष्मे डन" गत नोभेम्बर १२ मा च्यारिटी शो चलाएका थिए।

नमस्ते(फ्याफूल्ला)नेपाल - कोरिया इन्टरटेनमेन्टको प्रस्तुतिमा दक्षिण कोरियाको प्रसिद्ध शहर "सुवन"अवस्थित "नामुनछम"को ठुलो मुभि  मेघा थेर्टर "MEGA BOX" मा च्यारिटी शो गरेका थिए। उपस्थित भएर यस विशुद्ध समाजिक अभियानमा हातेमालो गरि सहयोग गरिदिनु हुने सम्पुर्ण कोरियाबासी नेपालीलाई आयोजकले  धन्यवाद तथा हार्दिक आभार पनि व्यक्त गरेका छन् ।

403659381_271970702015900_7631465464288705782_n-1700394948.jpg370330389_1084002895883940_2390888101678513478_n-1700395030.jpg394017778_1504775733701718_8492327514060853465_n-1700395090.jpg368033654_253995181009156_3184786418470025687_n-1700395135.jpg

पशुपति प्रसाद -2"भस्मे डन" ले कोरियामा अहिले सम्मकै धेरै शोहरु गर्न सफल भई इतिहास रच्न सफल भएको वितरक पक्षले जनाएको छ ,कोरियाको लागी आधिकारिक वितरक नमस्ते (फ्याफुल्ला ) कोरिया - नेपाल इन्टरटेनमेन्टले कोरियाको लागि ऑफिशियल राइट्स लिएका थिए।

नमस्ते(फ्याफूल्ला)नेपाल - कोरिया इन्टरटेनमेन्टले आगमी दिन हरुमा बर्षमा २ देखि ३ वटा उत्कृष्ट ब्रान्डका फिल्म मात्र कोरिया दर्शक माझ ल्याउने र दर्शकले रुचाएका कलाकार हरु ल्याएर राम्रो राम्रो इभेन्टहरु पनि गर्ने योजना रहेको नमस्ते(फ्याफूल्ला)नेपाल - कोरिया इन्टरटेनमेन्ट का संयोजक धनजित वाइबाले बताएका छन्।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्