दोस्रो अन्याङ ब्रदरहुड टुर्नामेन्टको उपाधी ग्रिन नेपाल एफसीलाई साथमा १५ लाख वन हात पार्न सफल

आइतबार, मंसिर ३, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको अभिन्न अंग EONYANG YOUTH CLUB द्वारा आयोजित दोश्रो EONYANG BROTHERHOOD FUSTAL TOURNAMENT 2023 को उपाधी ग्रिन नेपाल एफसी ले जित्न सफल भएका छन्।

369811000_233744346240035_259032353239842004_n-1700404713.jpg

 16 टिम सहभागी EONYANG Brotherhood Fustal Tournament को  फाईनलमा ट्रफिको  लागि  ग्रिन नेपाल एफसी र तमू धीं बुसान एफसीले प्रतिस्प्रधा गरेका थिए ,   Pole "B" बाट  सेमिफाइनलमा निकै कडा प्रतिद्वोन्दी गिम्हे यूनाइटेड एफसी लाई हराउँदै ग्रिन नेपाल एफसीले फाईनलको यात्रा तय गरेको थियो भने Pole "A" बाट उल्सान एफसी लाई पछि पार्दै तमू धीं बुसान एफसी फाइनल प्रवेश गरेको थियो ।

400147243_1393858794902244_4037515073386442900_n-1700404743.jpg

अहिले सम्मकै ब्यबस्थित र समयमै सम्पन्न भएको उक्त Tournament मा उपाधीको लागि तमू धीं बुसान एफसी र ग्रिन नेपाल एफसी बिचको खेल 5 बजे सुरू भएको थियो भने ग्रिन नेपाल एफसीले तमू धीं बुसान एफसीलाई हराउँदै उपाधी चुम्न सफल भएका हुन् । लगतै आयोजक अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया EONYANG Youth Club  ले बिजेता ग्रिन नेपाल एफ्सी र उपबिजेता तमू धीं बुसान एफसी लाई नेपाल फुटबल महासंघ गणतन्त्र दक्षिण कोरियाको वर्तमान अध्यक्ष ब्रो तमू(कृष्णा गुरुङ) लगायत उपस्थित अतिथिहरुले  मेडल, प्रमाणपत्र,  ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरेका थिए , धेरै गोल कर्ताको उपाधी ग्रिन नेपाल एफसीका खेम मगरले पाए भने राम्रो गोल किप्परको उपाधी ग्रिन नेपाल एफसीका मिलन मगरले हात पारे।साथै  कोरियाको  व्यस्त समयको  बाबजुद पनि आफ्नो खेल कौशालता पूर्वक खेली सहभागी सम्पुर्ण एफसीका खेलाडीहरुमा आयोजकको तर्फ बाट हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेको छ।

371145860_1073276687026850_5642843308502149058_n-1700404693.jpg

393800073_1391257131805013_9032522242136073419_n-1700404731.jpg

400193091_313683911523947_295497806730241834_n-1700404754.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्