ल्होसार विशेष

शेर्पा संघ दक्षिण कोरियाले  यसपालि पनि भव्यताका साथ ग्याल्पो ल्होसार साँझ कार्यक्रम फेब्रुअरी  १० मा आयोजना गर्ने

मंगलबार, मंसिर ५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - शेर्पा संघ दक्षिण कोरियाद्वारा यहीँ  फेब्रुअरी  १० मा दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो ल्होसार साँझ कार्यक्रम २०२४ भव्यताका साथ  मनाउने भएको छ ।

400291932_1037159164267341_2895841663661447646_n-1700570832.jpg

दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत  वर्ष भएकै ठाउँ )छुङरो सामगा स्थित एक हलमा  फेब्रुअरी  १० २०२४ को  बेलुका  कार्यक्रम हुने संस्थाको अध्यक्ष दोर्ची  शेर्पाले जनआवाज लाई जानकारी दिएका छन्।

साथै शेर्पाले दक्षिण कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिका लागि अनुरोध पनि  गरेका छन्।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्