तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

शुक्रबार, फागुन २६, २०७९
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ्  बुसानको चौथो अधिवेशन आउने मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा हुने भएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै  आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने नाना/आङाहरुलाई मध्यनजर गरि धिम(आवास गृह) संचालन गर्दै आएको र हाल सम्म पाँच सय भन्दा बढि नाना/आङाहरुले सेवा सुविधा लिईसकेको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो। 

उक्त अधिवेशन  तोकिएको समयवधि भन्दा  अगाडि हुने भएको छ जसमा अध्यक्ष ज्युको बसाई अवधि समाप्त भएको र तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको अधिवेशन पनि नजिकिएको हुनाले अगाडि हुन लागेको कुरा संस्थाका उपाध्यक्ष धनजित वाईबाले बताउनु भयो ।घेदुङ शाखाले कोरियामा रहनु हुने बुद्धिजिवि,समाजसेवी,पेशावर,ब्यापार व्यवसायि,विद्यार्थी लगायत सम्पुर्ण तामाङ तथा गैर तामाङ कोरियाबासी नेपाली दाजु भाई दिदबहिनीहरुमा उक्त जुम भर्चुओल बाट हुन गईरहेको शाखाको ऐतिहासिक चौथो अधिवेशनमा सहभगिताको लागि हार्दिक अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्