प्रतिज्ञा लामा अभिनित म्युजिक भिडियो सार्वजानिक (१८ वर्ष पछि प्रतिज्ञाको कमब्याक )

शनिबार, मंसिर ९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

 दक्षिण कोरिया /  विगत लामो समय देखि दक्षिण कोरियालाइ आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी म्युजिक भिडियो अभिनेत्री प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने  "गोच्चा म्याप्जीम " बोलको म्हेन्दोमाया  गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ ।

403629087_663209729008468_7669545775576531411_n-1700908791.jpg 403804083_313380661497904_3242681235296575102_n-1700909158.jpg

भिडियोलाइ सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै लामा अभिनित गायीका रोस्ना लुङ्बाको स्वरमा रहेको "शिरबन्दी"बोलको एकल सेलो गीतको म्युजिक भिडियो सार्बजानिक  भएको थियो । सिन्धुपाल्चोक जिल्लाको तात्कालिन धुस्कुन गाबिस वार्ड नम्बर -०५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष  पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको "मुस्ताङ लेतेमा" बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गिय लोक गायक खेमराज गुरुङ, प्रकाश ओझा, लक्ष्मी न्यौपाने जस्ता ख्यातिप्राप्त लोक गायक/  गायिकाहरुको स्वरमा रहेको आधा दर्जन भन्दा बढी गीतको म्युजिक भिडियोहरुमा अभिनय गरेकी थिइन।

401149244_676685144654474_6047496601978711554_n-1700908855.jpg405226477_649104397130689_7204583453173570541_n-1700908926.jpg

आफ्नो अभिनय यात्रालाइ बिच्चैमा थाती राखेर केहि वर्ष बुटिक व्यवसायमा आफुलाइ व्यस्त बनाएकी लामाले व्यवसायबाट पनि हात निकालेर परदेशीने निधो गरेकी थिइन् । सन् 2012 को अन्तिम देखि दक्षिण कोरियामा बस्दै आइरहेकी लामाले विगतको अधुरो यात्रालाइ निरन्तरता दिनको लागि पुनः अभिनय यात्रा सुरु  गरेको बताउछिन् । लोक दोहोरी गीतको म्युजिक भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी लामाले १८ वर्ष पछि सेलो र म्हेन्दोमाया गीतको म्युजिक भिडियो मार्फत पुनः अभिनय यात्रामा फर्किएकी  छिन् । समयले भ्याएसम्म दशकौ पछि पुनः दोहोराएको यात्रालाइ निरन्तरता दिने सोचमा रहेको उनि बताउछिन् । डेढ महिना अघि छोटो समयको लागि नेपाल गएको समयलाइ सदुपयोग गर्दै ३ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कोरिया फर्केको लामाले बताएकी छिन् । लामाले अभिनय गरेको केही म्युजिक भिडियोहरु सार्बजानिक हुन बाकि रहेको छ। 

403659380_7804760846217655_6107815646195236412_n-1700909074.jpg

दक्षिण कोरियाको जेजु दो प्रान्तमा स्थायी बसबास गर्दै आएकी लामा उक्त क्षेत्रमा कृयाशिल नेपाल तामाङ घेदुङ जेजु शाखाको उपाध्यक्ष र गैर आवासीय नेपाली संघ  जेजुदो शाखाको सदस्य पदमा रहेर सामाजिक काममा  सकृयताका साथ कृयाशिल हुदै आइरहेकी छिन् । भर्खरै सार्बजानिक भएको गोच्चा म्याप्जीम बोलको गीतको भिडियोमा लामा र गायक तथा मोडल आरम्भ तामाङको मुख्य भुमिका रहेका छन भने भिडियोलाइ एमबी गुरुङले निर्देशन गरेका छन । गीतमा शब्द संगीत / शैलप वाइबाको रहेका छन भने आरम्भ तामाङ र बिना घलेले स्वर भरेका छन्। भिडियोलाइ देभ दोर्जे लामाले  छायङ्कन गरेका हुन् ।

म्यूजिक भिडियो; 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्