" 1st NRNA Futsal Cup 2023 " को उपाधि फारन फुटबल क्लबको पोल्टामा

" 1st NRNA Futsal Cup 2023 "
सोमबार, मंसिर ११, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया -" NRNA सेल्टर स्थापना र व्यवस्थापन् गर्ने उध्देश्यका साथ " गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्यव परिषद दक्षिण कोरियाले आयोजना गरेको प्रथम NRNA फुटसल कप 2023 को उपाधि फारन फुटबल क्लबले चुम्न सफल भएको छl

26 तारिख आइतबार दक्षिण कोरियाको उत्तरी भेग ख्याङ्गी प्रान्तको सउल स्थित ओईजम्बु मंगोल्साको सिन्हान कलेजको फुटसल मैदानमा  24 फुटबल टिमको सहभागिता रहेको थियो l

403672028_3698869417026737_9146933230456116954_n-1701072253.jpg

उक्त फुटसल प्रतियोगिताको सेमी फाइनलम़ा " ए " पोलबाट हाप्तोक फुटबल क्लबले  नाम्याङ्ग ह्वासाङ्ग फुटबल क्लबलाई 0 को बिरुद्ध 3 गोल गरि फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट सेमीफाइनलम़ा फाजु फुटबल क्लबलाई 1 को बिरुद्ध 2 गोल गरि फारन फुटबल क्लबले फाइनल भिड्न्त पक्का गरेको थियो l

फाइनलको अत्यन्तै प्रतिस्पधात्मक भिड्न्तम़ा हाप्तोक फुटबल क्लबलाई 0 को बिरुद्ध 2 गोल गरि फारन फुटबल क्लबले बिजयी हासिल गरेको थियो l

बिजेता तथा उप बिजेता फारन फुटबल क्लब र हाप्तोक फुटबल क्लबले क्रमश नगद 35 लाख वन ट्रफि मेडल र सर्टिफिकेट र नगद 20 लाख वन ट्रफि मेडल र सर्टिफिकेट हासिल गरेको थियो l सेमी फाइनालिस्ट हवासाङ्ग नाम्याङ्ग फुटबल क्लब र फाजु फुटबल क्लबले नगद 3/3 लाख वन र ट्रफि प्राप्त गर्यो l उक्त फुटसल प्रतियोगिताको सर्बोकृष्ट खेलाडी हाप्तोक फुटबल क्लब जर्सी नम्बर 8 का सुनदेव लिम्बु उच्चगोलकर्ता फारन फुटबल क्लब जर्सी नम्बर 11 का लुकास लामा ( 11 गोल  )उत्कृष्ट गोल किपर फारन फुटबल क्लब भुवन जंग कार्की र अनुशासित टिम ग्वाङ्गजु (छल्लानाम्दो )लाइ ट्रफि र जनही 1 लाख वन बाट पुरस्कृत गरिएको थियो l

फाइनलको अन्तिम समापन कार्यक्रमम़ा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्यव परिषद केन्द्रिय अध्यक्ष बिनोद कुवर, केन्द्रिय सचिब जुनु गुरुङ्,गैर आवाशिय नेपाली संघ कोरिया अध्यक्ष बिपिन कुमार गुरुङ्, सल्लाहकार लक्ष्मी लामा गुरुङ्ग, नेपाल फुटबल महासंघका अध्यक्ष ब्रो o तमू, नेपाली जनप्रगतिशिल मंच कोरियाका अध्यक्ष ईश्वर कठायत र अन्य संघ संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

404299303_1783275338784850_1513717380160073114_n-1701072314.jpg

प्रतियोगितालाइ सब्य भब्य रुपमा सफल बनाउन सहयोगी दाताहरु KME Korex Remittance, GKS Korea टेलीकम पार्टनर, JB Bank, Shilla Nepali Indian Resturant, Hanpass Remittance ,मिडिया सहयोगीहरु फोनिज कोरिया.नेट, जन आवाज अनलाइन लगायत सम्पूर्ण आर्थिक भौतिक रुपमा सहयोगी दाताहरुलाई आयोजक कमिटीका संयोजक बिपिन कुमार गुरुङ्गले धन्यबाद ज्ञापन  दिनुभयो भने कार्यक्रम सन्चालन प्रशान्त राज बानियाले गर्नु भएको थियो l

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्