भुकम्प प्रभावित क्षेत्रमा दक्षिण कोरियाका विभिन्न संघसंस्थाको पहलमा करिब रू २१ लाख ५४ हजारको राहत वितरण

सोमबार, मंसिर ११, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया -गत कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परी जनधनको क्षति व्यहोरेका पिडित परिवारलाई राहत संकलन गरि वितरण गरिएको छ ।

403722941_1506826140138056_2566798657326295472_n-1701092753.jpg

दक्षिण कोरियामा सक्रिय सबै संघ संस्थाहरुको पहलमा संकलन गरिएको राहत भुकम्प प्रभावित तीन जिल्लामा वितरण गरिएको हो। जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका भूकम्प प्रभावितहरूलाई थोरै भएपनि मलम लगाउने उद्देश्यले नेपाली सम्पर्क समिति एनसिसि को सहजीकरणमा कर्णाली प्रदेश समाज दक्षिण कोरिया र राप्ती समाज दक्षिण कोरियाको सहकार्यमा उक्त राहत संकलन गरिएको हो । राहत संकलनका लागि प्रदेश भित्रका जिल्लागत संघसंस्थाहरुको समन्वय र दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए ।

तीन जिल्लामा गरी  जम्मा २१ लाख ५४  हजार ४ सय ४ रुपैया बराबरको राहत वितरण गरिएको हो । सबैभन्दा बढि प्रभावित जिल्ला जाजरकोटमा रु १० लाख ७५ हजार ८४, रुकुम पश्चिममा ६ लाख ५५ हजार ७ सय ६० र सल्यानमा ४ लाख २३ हजार ५ सय ६० रुपैया बराबरको राहत वितरण गरेको जनाएका छन् ।

405141542_1050381976275689_1066644153762911199_n-1701092848.jpg403970243_2086861444979474_8434088167177685175_n-1701093578.jpg

जाजरकोटमा पाँच स्थानीय तहहरु जुँनीचाँदे, कुसे, भेरी, नलगाड र छेठागाड गाउँपालिकामा उक्त राहत वितरण गरिएको हो । जाजरकोटमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका  वर्तमान सचिब नेपाल कार्की र सदस्य दिनेश शर्माको उपस्थितिमा राहत वितरण गरिएको थियो । भने रुकुम पश्चिमका आठविसकोट, सानोभेरी, चौरजहारी र बाफीकोट गाउँपालिकामा राहत वितरण गरिएको हो ।  उक्त जिल्लाका लागि कर्णाली प्रदेश समाज दक्षिण कोरियाका पुर्व महासचिब भक्तराज नाथ योगीको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो । त्यसैगरी सल्यानमा राप्ती समाज दक्षिण कोरियाका पुर्व सदस्य एस.पी. रिजालको उपस्थितिमा दार्मा, वन्गाड कुपिन्डे, कुमाख, त्रिवेणी र बागचौर गाउँपालिकामा राहत वितरण गरिएको हो ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनालले पिडाको बेलामा प्रवासमा रहेका नेपालीहरुवाट थोरै भएपनि मल्हम लगाउने उद्देश्यले राहत संकलन गरेर पठाईएको र संस्थाकै प्रतिनिधिहरुको रोहवरमा पारदर्शि रुपमा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार पिडितहरुलाई न्यानो लुका, ओढ्ने ओच्छउने, खाद्यान्न, त्रिपाल, ब्लांकेट लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।

404373368_1121616289218621_4577974685733945979_n-1701093044.jpg403632042_1047943166522572_4757962790832226785_n-1701092900.jpg

यसैबीच भुकम्प पिडितहरुको सहयोगका लागि संकलन तथा वितरण गरिएको राहत रकमको आयव्य समेत सार्वजनिक गरिएको छ । नोभेम्बर २६ अर्थात आइतवार निकनेपाल ट्राभलको हलमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन तथा वितरणको सम्पूर्ण आयब्यय विवरण सार्वजनिक गरिएको हो । राप्ती समाजका निवर्तमान अध्यक्ष तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार ओमलाल ओलीले आयव्यको सार्वजनिक गर्दै सम्पूर्ण संघ संस्था र सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै भूकम्पमा ज्यान गुमाउनु भएका प्रति हार्दिक श्रध्दाञ्जलि दिदै हाल उपचारमा रहेकाहरूको लागि स्वास्थ्य लाभको कामना समेत गर्नु भयो ।

कार्यक्रममा एनसिसी अध्यक्ष हरिप्रसाद खनाल र कर्णाली प्रदेश समाजका अध्यक्ष गणेश कोईरालाले पनि सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत थप सहयोगको लागि आग्रह गर्नुभएको छ । नेपालमा रहेका दाजुभाई र प्रवासमा रहेका नेपालीहरुबीच थप सम्वन्ध सुमधुर बनाउन र असहज परिस्थितिमा प्रवासमा रहेपनि सँगै भएको अनुभुति गराएको बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्