ख्यङ्बु गाइजले आउँदो डिसेम्बर ३१मा बुसान किम्हेमा “नाइट डान्स पार्टी २०२४” गर्ने

बिहीबार, मंसिर १४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,ख्यङ्बु गाइजले आउँदो डिसेम्बर ३१मा महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ बुसान किम्हेमा “नाइट डान्स पार्टी २०२४” गर्ने भएको छ।

405546393_1717804402021806_6917105613959317009_n-1701352227.jpg

बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा  संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना  आङा धिम " सहयोगार्थ नयाँ वर्षको अवसरमा बुसान किम्हेमा नाइट डान्स पार्टी आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाका अध्यक्ष सोम योञ्जनले जानकारी दिनुभएको छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र र नमस्ते (फ्यफुल्ला )नेपाल - कोरिया इन्टरटेनमेन्ट दक्षिण कोरियाको फुल सर्पोटरमा 김해시 거야로 202(태평포시즌 101 호) हलमा डिजे सुशान्त र डिजे SBD को साथ धमाका  रहने छ भने पार्टीमा प्रवेश शुल्क बिस हजार वन तोकिएको र संगै एउटा वेलकम ड्रिङ्क्स सित्तैमा  दिइएने अध्यक्ष योञ्जनले बताउनु भएको छ।बुसान र बुसान बहिरा रहनुहुने सम्पूर्ण कोरिया वासी नेपाली हरुमा मनोरञ्जन संगै समाजिक कार्यमा हातेमालो गरिदिन समेत आयोजक ले आग्रह गरेका छन्। पार्टी बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म चल्ने बताएका छन्।

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्