सुमीना लोको "चन्चले मेरो मन" को लिरिकल भिडियो सार्बजानिक

बुधबार, मंसिर २०, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया /  लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द / संगीत , गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार पारिएको "चन्चले मेरो मन" बोल नामक गीतको लिरिकल भिडियो  युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको हो।

कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत लाबा मिडिया प्रा. ली. हेटौंडाको ब्यानरमा बनेको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेका छन भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन । लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ ।

IMG_9685-1701855944.JPG

मेल भर्सनको लिरिकल भिडियो भने दुइ हप्ता पछि मात्रै सार्बजानिक गरिने जनाएको छ ।  वास्तबिक कथा बस्तुमा तयार पारिएको गीत भएकोले पुर्ण भिडियो तत्काल निर्माण गर्न सम्भब नभएकोले लिरिकल भिडियो मात्रै सार्बजानिक गरिएको हो। यस गीतको मेल / फिमेल दुबै भर्सनको भिडियो केहि समय पछि लाबा मिडियाकै ब्यानरमा तयार पारेर बजारमा ल्याउने जनाएको छ । लाबा मिडिया प्रा. ली. बि. स. २०७३ सालमा स्थापना भए देखिनै मिडियाको ब्यानरमा भोमोखबर डटकम अनलाइन पत्रीका, आत्मा हत्या न्युनिकरणको सदेश प्रवाह गर्नेगरि तयार पारिएको  ठुलो बजेटको नेपाली सामाजिक चलचित्र ' कल्चर ' र केहि म्युजिक भिडियोहरु पनि  बजारमा ल्याइसकेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्