गण्डकी प्रदेश समाज दक्षिण कोरियाको प्रथम साधारणसभा डिसेम्वर २४ मा हुने

आइतबार, मंसिर २४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

कमला केसी/दक्षिण कोरिया,दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा गरिने भएको छ । यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा हुने भएको हो ।

समाजको आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निणर्य समेत भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो।

सिंगो गण्डकी प्रदेश समाजको साधारण सभा भएकाले उक्त कार्यक्रम भन्दा एक साता अघि जिल्ला स्तरका कार्यक्रम आयोजना नगरिदिन पनि वैठकले अनुरोध गरेको छ ।

साधारण सभामा सहभागि हुने संस्थाहरुलाई संस्थागत प्रमाणपत्र प्रदान गर्ने समेत तयारी गरिएको छ । पहिलो चरणको वैठकमा भक्त थापा, दिपक श्रेष्ठ, भूमिराज भुसाल, सन्तोष पौडेल, मेघप्रसाद वाईवाले छलफलमा सहभागिता जनाउनुभएको थियो भने दोस्रो चरणको छलफलमा भूमिराज भुसाल, भक्त थापा, दिपक श्रेष्ठ र सन्तोष पौडेल सहभागि हुनु भएको थियो ।

साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना समेत निर्माण गरिने भएकाले सवैलाई उपस्थित भएर सभ्य र भव्य बनाउन सहयोग गरिदिन अध्यक्ष गिरीले आग्रह गर्नुभएको छ । कार्यक्रम विहान ११ बजे शुरु भई ४ बजे सम्पन्न हुने पनि उहाँले बताउनुभयो । सधारण सभा दुई चरणमा सम्पन्न हुने छ । शुरुमा उद्घाटन गर्ने र दोस्रो चरणमा बन्दसत्र हुने बताईएको छ ।

प्रवासी भूमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नारा लिएर स्थापना भएको समाजले विभिन्न रचनात्मक काम गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्