प्रथम किम्हे प्लस ३५ भेट्रान्स कप फुटसल प्रतियोगिता २०२३को उपाधि फ्रेन्ड फुटबल क्लबले चुम्न सफल

सोमबार, मंसिर २५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया- "प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद "भन्ने नाराका साथ भेट्रान्स फुटबल क्लबले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे ३५ वर्षभन्दा माथिका भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि  फ्रेन्ड फुटबल क्लबले उचाल्न सफल रहेको छ l

406860450_870875918154376_6353955773239784852_n-1702286691.jpg

हिजो आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा ८ वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि साङ्गदोङ् फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि फ्रेन्ड फुटबल क्लबले फाइनल भिड्न्त पक्का गरेको थियो l

फाइनल भिड्न्तम़ा फ्रेन्ड फुटबल क्लबले साङ्गदोङ् फुटबल क्लब लाइ एकतर्फी रुपमा (   0 - ७ ) एकको बिरुद्ध ७ गोल गरि बिजयी हासिल गरेको थियो । बिजेता टिम फ्रेन्ड फुटबल क्लबले नगद १० लाख वान सहित ट्रफी मेडल र प्रमाणपत्र हासिल गरेको थियो भने उप बिजेता साङ्गदोङ् फुटबल क्लबले नगद ७ लाख वान  ट्रफी मेडल र् प्रमाणपत्र प्राप्त गर्यो l उक्त फुटसल प्रतियोगिताको सर्बोकृस्ट खेलाडी साङ्गदोङ् फुटबल  क्लबका शिव थापा उच्च गोलकर्ता फ्रेन्ड फुटबल क्लबका मिलन राई  (  १३ गोल  ) र उत्कृष्ट गोलकिपर फ्रेन्ड फुटबल क्लबकै ग्यालजेन लामालाइ घोषित गरिएको थियो l उत्कृस्ट विधाहरुलाई उत्कृस्ट ट्रफी प्रदान गरिएको थियो l

406051983_988158728947362_9160226236059526113_n-1702286873.jpg

कार्यक्रमको समापन समारोहम़ा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो० तमु रहेको थियो भने अतिथिहरुमा गैर आवासिय नेपाली संघ NRNA बुसान शाखा पूर्व अध्यक्ष सानुराज मगर, समाजसेबी / गायक हेमन्त गुरुङ, तामांग घेदुङ् संघ बुसान शाखाका अध्यक्ष सोम योन्जन , आन्याङ्ग नेपाली समाजका अध्यक्ष भुवन रक्षा ,तमू धि बुसान शाखाका अध्यक्ष गीता सिंह गुरुङ्ग  लगायत संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

अन्तम़ा फुटसल प्रतियोगितालाइ सफल बनाउन आर्थिक भौतिक रुपमा सहयोगी दाताहरु, रेफ्रीहरु ( निर्णायक मण्डल  ), मिडिया पार्टनर जनआवाज अनलाइन र विशाल आवाज, प्रायोजक एभरेस्ट रेस्टुरेन्ट किम्हे, यूटुबर  भिडियो पार्टनर शम्भु धिमाल  र स्वयमसेवक सम्पूर्णलाइ आयोजक कमिटिका संयोजक पूर्ण तामांगले धन्यबाद ज्ञापन गर्नु भएको थियो l

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्