दान्भी’को टिजर सार्वजनिक पूजा शर्माको खतरनाक एक्सन

बिहीबार, मंसिर २८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

काठमान्डो ,नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ । फ्लिममा पूजासँगै नायक कुन्साङ बोमजनको पनि बेजोड अभिनय देख्न पाइने भएको छ।

406496850_2315084198686871_3575703055627613897_n-1702553857.jpg

लभ स्टोरी फिल्ममा जमिरहेकी पूजालाई द्वन्द निर्देशक श्री श्रेष्ठले फुल एक्सन नया अवतार मा ल्याएका छन्।यो परिवर्तनले उनका फ्यानलाई उत्साहित बनाउने देखिएको छ ।

406746227_1751018202064712_184057036197656415_n-1702553942.jpg

टिजर हेर्दा  दान्भी फूल एक्सान फ्लिम बनेको अनुमान गर्न सकिन्छ ।रुपेश तामाङको निर्देशन र देव मगर, अनुप गडालको लगानी रहेको छ ।भने पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ सह–निर्माता हुन् ।यो फिल्ममा संजोग रानाको संवाद, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत ,हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन,कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी छ ।नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् ।सत्यम रानाको भीएफक्स रहेको छ । निर्देशक रुपेश तामाङले  यो फिल्मको एक्सनलाई आफूहरूले नयाँ तहमा तयार पारेको बताएका छन् ।नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने अपेक्षा गरिएको ।फिल्म प्रदर्शन भने २०२४ मा नयाँ वर्षको अवसर पारी सार्वजनिक गर्ने निर्माणपक्षले तयारी गरेको जनाएका छन।

406614548_24391181050528917_4840048125105853391_n-1702553999.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्