सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
किरात याक्थुङ चुम्लुङ बुसान शाखाले नेपालीहरुको राष्ट्रिय पर्व तथा लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम-२०८० नेपाल बाट आमन्त्रित गायक साहिल लिम्बु तथा स्थानिय कलाकारको बेजोड प्रस्तुतिमा किम्हे शहरको 가야 대학교 मा नोभव्यता साथ मनाऊने भएको छ। "प्रेदश नं १ को कोशी नाम खारेज गर।ऐतिहासिक पृष्ठ भुमि र पहिचानको आधारमा लिम्बुवान किरात पुन नामाङ्कन गर।" भन्ने नाराका साथ हुन गईरहेको चासोक तङ्नाम-२०८० यो पटक भने सँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम साथ साथै आफ्नो भाषा,कला, संस्कार,सँस्कृति अस्तित्व र पहिचान माथि राज्य बाट भईरहेक दमन र कोशी प्रदेश नाम खारेज विरुद्ध एक दबाबमुलक सन्देश दिने कार्यक्रम बन्ने संस्थाका अध्यक्ष सन्जोग कन्दङ्वाले बताए।
यक्थुङ चुम्लुङ बुसानले प्रत्येक वर्ष मनाउँदै आएको उधौली पर्व अघिल्लो वर्ष गायिका सुनिता थेगिम साथमा मनाएका थिए भने यस वर्ष भ्वाईस अफ नेपाल सिजन-४ मा कोच प्रविशा अधिकारीको टिम बाट फाईनल पुग्न सफल साहिल लिम्बु साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा "चासोक तङ्नाम-५०८३ मनाऊने भएको हो ।साथै उक्त शुभकामना आदान प्रदान तथा बहुसँस्कृतिक कार्यक्रममा कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
मिति : २०२३/१२/२४
समय : ११ः३० बजे
स्थान: 가야 대학교