सोनाम लामा ( मोक्तान ) र सुमिना लो को स्वरमा तामाङ सेलो ‘ग्याल्मो’ सार्वजनिक

मंगलबार, पुस ३, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

काठमाण्डो ,सोनाम लामा ( मोक्तान ) र सुमिना लो  को स्वरमा तामाङ सेलो ‘ग्याल्मो’ सार्वजनिक भएको छ। पर्पल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोले तामाङ समुदायको परम्परागत संस्कार देखाइएको छ।

तामाङ समुदायमा अभिभावकले सानै उमेरमा बालबालिकाको विवाह तोकिदिने परम्परा छ।जुनपछि गएर प्रेम सम्बन्धमा तगारो बनेको भिडियोमा देख्न सकिन्छ। गीतले परम्पराभन्दा सन्तानको खुसी रोज्नुपर्ने सन्देश दिन खोजेको छ।गायक तथा गायक तथा निर्देशक सोनाम लामा (मोक्तान) र फुलमान बल(नेपाल टेलिभिजनको महा-निर्देशन ) को शब्द रहेको गीतमा फणीन्द्र राईको संगीत संयोजन तथा मिक्सिङ र मास्टरिङ सुमन खड्काले गरेका छन् भने सुसन लामाले संगीत भरेका छन्।

IMG_9821-1702989321.JPG

गीतको भिडियोमा अनु थापा, सोनाम लामा,सुर्यमान लिम्बू, सुनिल तामाङ, ज्ञानबहादुर दोङ,उत्तर कुमार लामा, सेते लामा तथा बाल कलाकारहरू दिप पाख्रीन, अम्बो तामाङ र रोनक लामाको अभिनय छ।

इँगिहोपो कोँइच सुनुवार र सोनाम लामाको कथा रहेको गीतको भिडियो निर्देशन सोनाम लामा आफैले गरेका छन् भने भिडियोको सम्पादन अनिल लामाको रहेका छ।गीत जेसुम क्रियसनको प्रस्तुति र ममा आर्ट्सको सहकार्यमा निर्माण भएको हो। गीत जेसुम क्रियसनकै अफिसियल युट्यब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडीयो,

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्