सोनसिक र NIIED बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिहीबार, पुस ५, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया - गत सोमबार कोरियामा अध्ययनरत विदेशी विद्यार्थी र कोरिया इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन (NIIED) बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व  सोनसिकका  अध्यक्ष मेघनाथ पौडेलले गर्नु भएका थियो । कार्यक्रममा विभिन्न १५ देशका विद्यार्थी प्रतिनिधिहरू र कोरिया इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन (NIIED) का अध्यक्ष रियो हाइया-सुक साथै अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। उक्त एक दिने कार्यक्रमा प्रतिनिधिहरू बिच कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सम्बन्धित विभिन्न समसामाहिक  विषयहरूमा महत्त्वपूर्ण छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो।

IMG_9835-1703163970.jpg

सोनसिक(sonsik)कोरियामा रहेका नेपाली विधार्थीहरुको छाता संगठन हो जसले कोरियामा विधार्थीहरुमा आइपर्ने समस्याहरु को पहिचहान समस्याको समाधान लगायत बेलाबेलामा विभिन्न नेपाली कला र  संस्कृतिक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ।

IMG_9834-1703164005.jpg

IMG_9836-1703164193.JPG

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्