कार्यक्रम "गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को चौथो शृङ्खलामा राजनितिज्ञ बुद्ध छिरिङ मोक्तान ल्याउने

शनिबार, पुस ७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा सञ्चालित कार्यक्रम "गोतोजी छोर्तोजी" अर्थात् "बुझौँ र जागौँ" को  चौथो शृङ्खलामा राजनितिज्ञ  बुद्ध छिरिङ मोक्तान आउने भएको छ।

मोक्तान संग राजनीति सम्बन्धी अन्तरक्रिया  र उत्पिडित समुदायले राजनीतिक शक्ति आर्जन गर्नको लागि तय गर्नुपर्ने रणनीति इत्यादी बिषयमा छलफल हुनेछ।राजनितिज्ञ  बुद्ध छिरिङ मोक्तानले काठमाडौं विश्वविद्यालय बाट  बौद्ध दर्शन र हर्मेन्युटिक्स विषयमा स्नातक गर्नुभएको छ। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय बाट पनि समाजशास्त्रमा स्नातक सम्माको अध्ययन  पूरा गर्नु भएको छ।

उहाँ सामाजिक-संस्कृति अनुसन्धान केन्द्र (SCRC), र आदिवासी ज्ञान प्रणाली (IKS)  जस्ता संस्थाहरुमा अबद्ध रही प्रजातन्त्र र मानवीयतालाई सुदृढ र सुदृढ गर्न आदिवासी  शासन प्रणालीको पुन: मूल्याङ्कन, पुनर्संरचना र पुनः एकीकरण सम्बन्धी सचेतना अभियान चलाउँदै आउनु भएको छ।

IMG_9843-1703326406.JPG

अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको कार्यक्रम यस पटक डिसेम्बर ३० तारिखको दिन परेको छ। अनलाईन माध्यमबाट सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई विश्वभर छरिएर रहेका तामाङ तथा अन्य समुदायको दर्शक श्रोताहरू बाट सकारात्मक प्रतिक्रियाहरू आइरहको तामाङ घेदुङ दक्षिण कोरियाले जनाएको छ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया को अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रम नेपालको समय र मिती अनुसार  पुष १४ गते शनिबार साँझ ६ बजे र कोरियामा डिसेम्बर ३० तारिख बेलुका ९:१५ मा हुने कुरा घेदुङको अध्यक्ष राजकुमार स्याङतान तामाङले बताएको छ। साथै कार्यक्रममा सहभागी भएर तामाङ भाषा सम्बन्धि जान्न, बुझ्न र प्रश्नहरू भएको खण्डमा प्रश्नहरू राखिदिएर सहयोग गरिदिनु हुन सम्पुर्ण दर्शक श्रोता हरू माँझ अनुरोध पनि गरेको छ।

 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्