नेपाली खेलाडी संघ दक्षिण कोरियाको कार्यसमिती गठन अध्यक्षमा आरके पहारी श्रेष्ठ सर्वसम्मत चयन

सोमबार, पुस ९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

 

दक्षिण कोरिया ,शनिवार सिउल स्थित दर्शन नमस्ते रेस्टुरेन्ट सभा हल (दोङ्देमुन ) मा कोरियामा रहेका विभिन्न खेलका खेलाडीहरुको बृहत छलफल बाट पूर्व राष्ट्रिय भलिबल खेलाडी बिपिन कुमार गुरुङको संरक्षण तथा आरके पहारी श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय  कार्यसमिति गठन भएको छ।

“स्पोर्टस फर हेल्थ, स्पोर्टस फर नेशन”भन्ने मुल नाराका साथ तथा सम्पूर्ण खेलका खेलाडीहरुको  हकहितको लागी  खेलाडी हरु लाई एक ठाउँमा एकत्रित गर्ने र राष्ट्रको लागी खेल्ने खेलाडीहरु लाई सरसम्मान तथा खेलाडीहरुमा भैपरी आउने बिभिन्न दुर्घट्नाहरु(घाइते,चोटपटक एंव सामान्य तथा जटिल समस्याहरु)बाट सिर्जित  बिभिन्न परिस्थितिलाई न्यूनीकरण एंव समाधानका लागि सहयोग गर्ने उदेश्यले दक्षिण कोरियामा नेपाली खेलाडी संघको प्रथम अधिवेशन सम्पन्न भएको छ ।उक्तअधिवेशन बाट आर के पहरी श्रेष्ठ अध्यक्ष,महासचिव विक्रम बज्यु तामाङ,सचिव जमान सिं गुरुङ,कोषाध्यक्ष सागर गुरुङ,सदस्यहरुमा राम ब.थोकर,लक्ष्मण थोकर,सुर्य गुरुङ,थमन पुन र रमेश क्षेत्री चयन भएको थियो भने उपाध्यक्ष आऊने कार्यसमितिको बैठकबाट मनोनित गर्ने बताए।

त्यसैगरि संरक्षकमा विपीन गुरुङ,वरिष्ठ सल्लाहकारमा ब्रो तमु र सल्लाहकारहरुमा मिलन श्रेष्ठ र चन्द्र तामाङ चयन गर्नु भएको छ। आऊने दिनहरुमा कोरियामा रहेका विभिन्न संघ संस्था तथा समाजिक कार्यमा सदैव सकरात्मक भई निरन्तर सहकार्य र हात्तेमालो गर्दै अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष आर के पहरी श्रेष्ठले  बताऊनु भयो ।

IMG_6682-1703492112.JPG

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्