ख्यङ्बु गाइज द्धारा आयोजित "न्यु ईयर ईभि,नाईट पार्टी-२०२४" को सम्पुर्ण तयारी पुरा

बिहीबार, पुस १२, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,बुसान

ख्याङ्बु गाइज द्धारा आयोजित "नाईट डान्स पार्टीको" टिकट,प्रचारप्रसार तथा हल व्यवस्थापन लगायत सम्पुर्ण तयारी पुरा भएको  जनाएको छ।।”न्यू एयर इभि नाईट पार्टी "नाम दिएको उक्त डान्स पार्टी बाट आएको मुनाफा बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले किम्हे/बुसानमा  संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना  आङा धिम " लाई सहयोग गर्ने  बताएको छ।।हाल सम्म ५०० जना भन्दा माथि नेपाली दिदि बहिनीहरुले सेवा सुविधा लिईसकेको "नाना आङा धिम"व्यवस्थापन संयोजक धनजित वाईवाले जानकारी गराएको छ ।त्यसै गरि किम्हेमा भएको विभिन्न कार्यक्रमहरुमा डान्स पार्टीको पोष्टर सार्वजनिक तथा विभिन्न संघ संस्थाहरुलाई टिकट बिक्री वितरण गरि तिव्र प्रचार प्रसार गरिएको छ।

 

Image-1703766531.jpeg

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र र नमस्ते (फ्यफुल्ला )नेपाल - कोरिया इन्टरटेनमेन्ट दक्षिण कोरियाको फुल सर्पोटरमा 김해시 거야로 202(태평포시즌 101 호) हलमा डिजे सुशान्त र डिजे SBD को साथ धमाका  रहने छ भने पार्टीमा प्रवेश शुल्क बिस हजार वन तोकिएको र संगै एउटा वेलकम ड्रिङ्क्स सित्तैमा  दिइएने अध्यक्ष योञ्जनले बताउनु भएको छ।बुसान र बुसान वरिपरि रहनुहुने सम्पूर्ण कोरिया वासी नेपाली हरुमा मनोरञ्जन संगै समाजिक कार्यमा हातेमालो गरिदिन समेत आयोजक ले आग्रह गरेका छन्। पार्टी बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म चल्ने बताएका छन्।414713087_7286183948110862_3260751196787167398_n-1703766486.jpg

Image-1-1703766509.jpegImage-4-1703766575.jpeg

415011555_7286184058110851_7482434920862146245_n-1703766465.jpg

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्