NRNA कोरियाले गरेको फुटसल कार्यक्रमको आयव्याय सार्वजनिक तथा सेल्टर स्थापना

सोमबार, पुस १६, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले गत २०२३ नेभेम्वर २६ तारिख सेल्टर स्थापनार्थ गर्ने उद्देश्यका साथ गरेको फुटसल कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ! विपिन कुमार गुरुगंको अध्यक्षमा आज बसेको NRNA कोरियाको केन्द्रिय कार्यसमितिको बैठकबाट आयव्यय पारित गरिएको महासचिव प्रशान्त राज बानियांले जानकारि दिनुभयो! २६ वटा फुटसल टिम  सहभागि सहित भव्यताका सम्पन्न फुटसल को आयतर्फ टिम दर्ताबाट ७२ लाख वन र सहयोग रकम बाट ६८ लाख ७५ हजार वन गरि जम्मा १ करोड ४० लाख ७५ हजार वन र खर्च तर्फबाट १ करोड ९ लाख ६ हजार वन गरि जम्मा ३१ लाख ६९ हजार वन बचत भएको कार्यसमिति बाट जानकारि भएको छ र कार्यक्रमको उद्देश्य अनुरुप आज बाटै लागु हुने गरि कोरियाको राजधानि दोगंदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको पाचौं तलामा NRNA शेल्टर  सुचारु भएको छ! उक्त सेल्टर कोरियामा काम छोडेका,दुखमा ,अपठारोमा परेका नेपाली लाई निशुल्क बसाइने पनि जानकारि प्राप्त भएको छ।

404949348_671793898184192_7171504337898155422_n-1704118886.jpg

गठन भएको छोटो समयमै NRNA प्रथम फुटसल कप भव्ययताका साथ सफल पारेर अहिले सवै आर्थिक आयव्यय सार्वजनिक गरेर पहिलो प्रयास अन्तर्गत सेल्टर सुचारु गरेको वरिष्ठ उपाध्यक्ष महेश बजागाइले बताउनुभयो!आगामी दिनमा पनि यस्ता कार्य निरन्तर गर्दै जाने र दक्षिण कोरियामा नेपाली समुदायको हक हितमा हुनपर्ने र गर्र्नैपर्ने काम धेरै भएको र त्यसको सुरुवात आफनो टिमले गर्न सुरु  गरेको उहां थप्नुहुन्छ! अब कोरियामा कामको प्रतिस्पर्धा हुनुपर्छ,सहजिकरणको प्रतिस्पर्धा हुनुपर्छ,समन्वयकारी भुमिकाको  प्रतिस्पर्धा हुनुपर्छ,अपठारामा परेका नेपाली लाई सहयोग गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ ,आफना सकारात्मक कर्मद्रारा हामी अगाडि बढिरहेका छौ,हामी काम गर्न आएका मान्छे हौ,त्यतिकै बस्ने छुट छैन हामी बस्दैनौ पनि काम गर्छौ,हामी कसैका प्रतिस्पर्धि हौ पनि होइनौ पनि युवा तथा विद्यार्थी संयोजक अजय सोडारीले बताए ।

404379049_24599921349652186_6716710391312657355_n-1704118901.jpg

 

शेल्टरका लागि सम्पर्क व्यक्तिहरु:-

विपिन कुमार गुरुङ - 010-81217-21730

महेश बजागाई -010-7372-6644

387329732_325642800374698_132461329377766988_n-1704119014.jpg

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्