चर्चित सेलो गायक विश्व दोङ ,गयिका जितु लोप्चन साथै खन्दोकी तथा मेन्दोमाया गायिका कोरिया आऊने

मंगलबार, पुस १७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

IMG_6685-1703493913.JPG

दक्षिण कोरिया, - दक्षिण कोरियाको चार्ड  सलनालको पहिलो   दिन फ्रेब्रवारी ९ तारिकमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्र द्धारा आयोजित  ‘’आपतकालीन राहतकोष स्थापना सहयोगार्थ" राजधानी सौल स्थित मंगोलियन हर्ट(राजु लामा) ले प्रस्तुत दिईसकेको  हल H.W 컨벤션센터 मा नेपालीहरुको राष्ट्रिय तथा तामाङहरुको साँस्कृतिक पर्व मन्जुश्री संवत २८६० डुक/मु पुख्री सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४ मा चर्चित सेलो गायक विश्व दोङ ,सेलो गायिका जितु लोप्चन खान्दोकी गायक आसमान लोप्चन गायक लोकेन लामा मेन्दोमाया गायिका लक्ष्मी स्याङतान र गायक शेराप रुम्बा आऊने भएको छ।संस्थाको गत आईतबार भएको  बैठकबाट कलाकारहरुको अन्तिम नाम टुङ्गो लगाएको हो।

प्रत्येक वर्ष  मनाऊदै आएको ल्होछार कार्यक्रम यो पटक भने विगतमा भन्दा बृहत र भव्य हुने विश्वास लिएको जानकारी गराए ।त्यसै गरि सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम भव्य रुपमा सफल बनाऊनका लागि संस्थाका अध्यक्ष राजकुमार स्याङ्तानको संयोजकत्वमा मुल आयोजक कमिटि र विभिन्न उप कमिटिहरु बनाई जिम्मेवारीहरु दिएको महसचिव दावा फिन्जो योन्जन तामाङले बताए।घेदुङ शाखा बुसान र जेजुदोमा भने फ्रेबुवारी ११ तारिकमा कलाकार बाँडफाँट गरेर मनाऊने भएको छ।

उक्त ल्होछार कार्यक्रमलाई भव्य र सभ्य बनाऊनका लागि कोरियामा रहनु हुने बुद्धिजीवी विभिन्न पेशामा आबद्ध व्यापार व्यवसाय ज्यूहरु,सामाजिक अभियन्ता,पत्रकार,विद्यार्थी लगायत सम्पुर्ण कोरियाबासी नेपाली तामाङ तथा गैर-तामाङ दाजु भाई तथा दिदि बहिनीहरुमा उपस्थित लागि आयोजकले हार्दिक अनुरोध गरिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्