नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशन सम्पन्न

आइतबार, पुस २२, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया -नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको दोस्रो इन्छन-खिम्पो क्षेत्रीय अधिवेशन आइतवार सम्पन्न भएको छ । इन्छन शहरको खम्दान सागरी नजिकै नमस्ते एसिया रेष्टुरेन्टमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि निकेश आले (राम बहादुर)को अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको छ ।

कमिटिको उपाध्यक्ष जय कुमार राई, उपाध्यक्षमा राम कार्की, सचिबमा गणेश सञ्ज्याल, सहसचिबमा डिबी लिम्बु र कोषाध्यक्षमा मङ्गल बहादुर शाही रहनुभएको छ । कमिटिका सदस्यहरुमा विशाल पूर्वछाने, भीष्मराज मिश्र, टीकाराम बस्नेत, उत्तम राना, काजी मगर, मोहन लिम्बू, प्रदीप न्यौपाने, आकाश लिम्बू, कल्प भट्टराई, बसन्त जंग थापा, रमेश राई रहनुभएको छ । आगामी बैठकबाट कार्यसमितिले ४ जना सदस्य मनोनीत गर्ने भएको छ ।

क्षेत्रीय कमिटिका अध्यक्ष निर्मल राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कठायतले सङ्गठनले सम्पूणर् प्रगतिशील र क्रान्तिकारी युवाहरूको समग्र नेतृत्व गर्ने मुख्य ध्येय राखेर दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले युवाहरुको विकासका लागि संगठन सँधै सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय सदस्य तथा केन्द्रीय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार सोम तामाङ, सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ, नेपाली जनसम्पर्क समिति इन्छन-खिम्पो क्षेत्रीय सभापति रामकुमार गौतम सगुन लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

411058415_924274139413200_2072198306488700163_n-1704636280.jpg

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष एवम् सङ्गठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनका केन्द्रीय महासचिव रूद्र थापा, केन्द्रीय सचिव हिमाल खनाल, केन्द्रीय सदस्य दीपेन्द्र रोकाया, केन्द्रीय सदस्य हर्क हाङ्स्रोङ, पत्रकार महासंघ दक्षिण कोरियाको पूर्व महासचिव मिन विक, पूर्व जनमुक्तिसेना निकेश आले (राम बहादुर) लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य मान बहादुर विष्टले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन गणेश सञ्ज्यालले गर्नुभएको थियो ।

413282208_405583311809202_5273313315882466848_n-1704636148.jpg

413160477_1426606201398274_7703024794690875492_n-1704636289.jpg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्