चर्चित र्यापर जिबबको पहिलो पटक कोरियामा नाईट पार्टी हुने

शुक्रबार, पुस २७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया- गत डिसेम्बर २४ मा "स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल" भन्ने मूल नाराका साथ स्थापना भएको  नेपाली खेलाडी संघ दक्षिण कोरियाले 'खेलाडी कल्याणकारी कोष' का लागि कोरियाली पर्व सलनालको अवसरमा “सलनल डान्स पर्टी” हुने भएको छ । सलनालको पहिलो दिन फेब्रुअरी ९ तारिखका दिन 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지 हलमा गर्ने भएको हो ।

डान्स पर्टीमा र्यापर जी-बब(RAPPER G-BOB) र रुबिन रहेका छन् भने DJ बिट्मा मनोज रहेको छ । त्यस्तै पार्टी होस्ट हारा र पासाङ् शेर्पा (Spring) ले गर्ने छिन् ।

प्रवासी भूमीमा खेलाडीहरुलाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको हितका निम्ती सलनल डान्स पर्टीको आयोजना गर्न लागेको संघका अध्यक्ष आरके पहारी श्रेष्ठ ज्युले जनआवाजलाई बताएका हुन् । “कोरियामा पहिलो चोटी नेपाली खेलाडी कल्यानकारी कोष वृद्धि सहयोगार्थ आयोजना गर्न लागेको “सलनल डान्स पर्टी” कार्यक्रममा कोरियामा रहनुहुने खेल – खेलाडी प्रेमी तथा सम्पूर्ण कोरियाबासी नेपालीहरु उपस्थित भई मनोरञ्जन लिई सहयोग गरिदिनु हुन आयोजकले हार्दिक अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्