पाँच स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम जनवरी २८ मा हुने

शुक्रबार, पुस २७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

कमला केसी/दक्षिण कोरिया - पाँच स दक्षिण कोरियाको सातौ अधिवेशन तथा सम्मान कार्यक्रम यहि जनवरी २८ तारिखमा हुने भएको छ ।

कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदीले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला , संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा दक्षिण कोरियामा स्थापना भएको पाँच सय को अधिवेशनको तयारी तीब्र पारिएको हो । आनसान स्थित सांस्कृतिक घरमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने बरिष्ठ उपाध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो ।

सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

आम नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग र विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रमबाट बचेको रकम जम्मा गर्दै विगत २ बर्ष देखि दक्षिण कोरियाको आनसान शहर स्थित साझा मन्दिर/पुस्तकालय तथा साँस्कृतिक घर सञ्चालन गर्दै आईरहेको छ । आनसान नगरपालिका अन्तर्गतको आनसान लाईब्रेरीमा आनसान नेपाली लाईब्रेरीको नाममा दर्ता गर्न सफल पाँच स ले विभिन्न विधाका ५००० पुस्तक सहितको पुस्तकालयद्वारा नेपालीहरुलाई विदाको समयमा पुस्तक पढ्न रुची राख्नेहरुलाई लाभान्वित गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्