नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको तेस्रो "किम्हे-बुसान" क्षेत्रीय अधिवेशन सम्पन्न-अध्यक्षमा राजेन्द्र फुयाँल

आइतबार, माघ ७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,आज २१ जनवरी आइतबार बुसानको किम्हे शहरस्थित लुम्बिनी रेष्टुरेन्टमा "किम्हे-बुसान" क्षेत्रीय अध्यक्ष ओम कार्कीको सभापतित्व र केन्द्रीय अध्यक्ष  इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अध्यक्षमा राजेन्द्र फुयाँल ,उपाध्यक्षहरूमा दोस्तीहाङ राई , रोशन फियाक लिम्बू र महिला उपाध्यक्षमा नाविषा लावती लिम्बू,सचिबमा सन्तोष नेपाली,सहसचिबमा भरत ठगुन्ना,कोषाध्यक्षमा राम बहादुर विक चयनभए भने सदस्यहरूमा प्रदीप राई ,गणेश थापा ,वद्र राई ,राजीव रेग्मी ,जितेन राई ,निरन लामा, सुमन विडारी,मित्रलाल परियार र रोविक लिम्बू चयनभए  पछि कार्यसमिति बैठकबाट ३ जना सदस्य मनोनीत गर्ने भएको छ।

IMG_0214-1705846623.jpg

कार्यक्रमको विशिष्ट अतिथिहरूमा सङ्गठनको केन्द्रीय सल्लाहकार तथा एनआरएनए दक्षिण कोरियाको महासचिव प्रशान्तराज वानियाँ,एनआरएनए पूर्व वरिष्ठ उपाध्यक्ष सञ्जीव राई, नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा अध्यक्ष परी गुरुङ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष एवम् संगठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडा, सङ्गठनको महासचिव रूद्र बहादुर थापा, प्रवासी नेपाली मञ्च बुसान शाखा अध्यक्ष  तगेन्द्र राई, एनसीसी बुसान शाखा अध्यक्ष सङ्गीत अधिकारी र एनआरएनए बुसान शाखा सचिव कुवेर न्यौपाने रहनुभएको थियो।

IMG_0217-1705847025.jpg

कार्यक्रमको अतिथिहरूमा सङ्गठनको केन्द्रीय प्रवक्ता सागर पोख्रेल, केन्द्रीय सहकोषाध्यक्ष  रामदेव विष्ट, स्याङ्जा परिवार बुसान शाखा अध्यक्ष आशिष राना मगर, मिर्याङ नेपाली समाज अध्यक्ष सागर थापा, ख्यङ्नाम नेपाली समाज अध्यक्ष धनराज थापा मगर, किराँत याक्थुङ चुम्लुङ बुसान शाखा अध्यक्ष सञ्जोग कन्दङ्वा लिम्बू, नेपाल तामाङ घेदुङ बुसान शाखा पूर्व महासचिव आकाश घिसिङ, स्याङ्जा परिवार किम्हे बुसान पूर्व अध्यक्ष कमल अर्याल, किराँत राई यायोक्खा बुसान शाखा सल्लाहकार दोस्तीहाङ राई, किराँत राई यायोक्खा बुसान शाखा सल्लाहकार हेमन्त खिम्बुले राई, एनआरएनए बुसान पूर्व अध्यक्ष तथा नेपाली जनप्रगतिशील मञ्च बुसानको पूर्व संयोजक रविन राई, एभरेष्ट भ्यू रेष्टुरेन्ट सञ्चालक मोहन अधिकारी, ख्यङ्इन विश्वविद्यालय विद्यार्थी प्रतिनिधि सञ्जीव कार्कीलगायत रहनुभएको थियो।

प्रमुख अतिथि  इश्वर कठायतले समग्र नेपाल र नेपाली जनताको हक अधिकार स्थापित गर्न एवम् देश समृद्ध बनाउन पार्टी सङ्गठनले महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्ने तथा सम्पूर्ण प्रगतिशील र क्रान्तिकारी युवाहरूले समाज परिवर्तनमा आ-आफ्नो ठाउँबाट रचनात्मक तवरले अघि बढ्नुपर्ने सुझाव दिँदै परिवर्तनकारी युवाहरूलाई पार्टी सङ्गठनको सदैव साथ रहेको र आफूहरूले भरपूर सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।कार्यक्रममा स्वागत मन्तव्य सन्तोष नेपालीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन राजेन्द्र फुयाँलले गर्नुभएको थियो।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्