सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पाचौ अधिवेशन फेब्रुअरी १०मा गर्ने

सोमबार, माघ ८, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सउलमा हुने भएको छ।

“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा  कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터   Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे हुने निर्णय भएको हो।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा  विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।

यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

IMG_0223-1705931640.JPG

कार्यक्रम:

मितिः २०२४ फ्रेब्रुअरी १० तारिक

समयः बिहान ११ः०० बजे

स्थानः서울시 중구 마른내로146 7 층 서울 이여성상담센터   Dongdaemun History & Culture Park Station

सम्पर्कः बेद आचार्य (010-82591514), राज लामा (010-59434912), बिशाल श्रेष्ठ (010-21169813), उद्धव नेपाल (010-57233758)

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्