छेतुप मोक्तान लामाको स्वर रहेको "ल्होछार दाङगे"गीत सार्वजनिक

शुक्रबार, माघ १२, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,गीतमा कुमार मोक्तान तामाङ,जितु लोप्चन र छेतुप मोक्तान लामाको स्वर रहेको छ भने गीत छेतुप  लामा अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

आउदै गरेको नेपालीहरुको मौलिक एवम् तामाङहरुको सांस्कृतिक पर्व मंन्जुश्री संवत २८६० डुक ल्हो/मु पुख्री ल्हो (Dragon year) सोनाम ल्होछारको शुभ अवसर लाई मध्येनजर गरी ल्होछार दाङगे"बोलको गीत सार्वजनिक गरिएको गायक छेतुप मोक्तान लामाले जानकारी दिएका छन्।

ल्होछार दाङगे"बोलको गीत भिडियोमा भने कुमार मोक्तान र याङ्गी दोङको मिलेको केमेस्ट्री देख्न सकिन्छ,त्यसैगरी सहयोगी कलाकारहरू मायादेवी मोक्तान,अमर लामा,उत्तर लामा,सुनमाया घिसिङ,मोनिका सिंग्टन,सम्तेन मोक्तान लाई पनि देख्न सकिन्छ।गीत/संगीत भने कुमार मोक्तान,व्यवस्थापनमा जोग्लाल लामा,मिक्स/मास्टरिङ दिपेश प्रधान (दीप स्टुइडो)ले गरेका छन्।स्टुडियो,रेकर्डिस्ट अर्पण थिङ,सिनेमेटोग्राफी साँचु थोकर,सम्पादन  मेक बी थापाले,कोरियोग्राफी/निर्देशक नरेन मोक्तानले र पोस्ट उत्पादन रोधी डिजिटलले गरेका छन्।

421248662_1299488487532912_5532769336179358767_n-1706282902.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्