गायिका ईन्द्रेणी लोप्चनको ‘मै प्यारी छोरी’ म्युजिक भिडियो सर्वाजनिक

म्युजिक भिडियो
आइतबार, माघ १४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

काठमान्डो ,नव गायिका ईन्द्रेणी लोप्चनको मै प्यारी छोरी म्युजिक भिडियो सर्वाजनिक भएको छ। म्युजिक भिडियो आफ्नै च्यानल ‘ईन्द्रेणी लोप्चन’ युट्युबमार्फत सर्वाजनिक गरेकिछिन् ।

IMG_0284-1706445351.JPG

‘मै प्यारी छोरी’ गीतको उत्कृष्ट शब्द सर्जक चर्चित गायक तथा संगीतकार जिवन बोम्जनले गरेका हुन् ।  गायिका सुनिमा लो र सुस्मिता कटवालले पृष्ठभुमिमा स्वर दिएकी थिईन भने लोप्चनको आफ्नै स्वर, कला र अभिनय सुन्न र हेर्न सकिन्छ ।यो भिडियो निर्माणमा प्रतीक ङेसुर, संगीत र मिक्स मास्टरिङमा अर्पण थिङ तामाङ, म्युजिक एरेन्जरमा फनिन्द्र राई र प्रस्तुतीमा याङजी दोङ, ईन्द्रेणी लोप्चन, सुस्मिता कटवाल, रितिका तामाङ र जिवन बोम्जन रहेको छ ।

यस अघि ईन्द्रेणी लोप्चनले गायक पेम्बा लोप्चनको ‘IM JUST 13’ म्युजिक भिडियोमा स्वर र अभिनय गरिसकेका छन्।

IMG_0283-1706445287.JPG

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्