चौथो डेउ कप फुटसल प्रतियोगिता 2023 को उपाधि आयोजक लुम्बिनी डेउ फुटबल क्लब गजेदोले चुम्न सफल

बिहीबार, कात्तिक १६, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया-" हाम्रो चाहाना प्रबासी एकता र आपसी सद्धभावको कामना  " भन्ने मूल नाराका  साथ  दक्षिण कोरियाको दक्षिणी भेग गजेदो शहरम़ा 2011 म़ा स्थापित डेउ फुटबल क्लबले आयोजना गरेको प्रबासी भुमी दक्षिण कोरिया मै हालसम्म कै ठूलो धनराशी भएको " चौथो डेउ कप फुटसल प्रतियोगिता 2023 को उपाधि आयोजक लुम्बिनी डेउ फुटबल क्लब गजेदोले चुम्न सफल भएको छ  l

" खेलकुद कोष स्थापनार्थ "   अक्टोबर 29 तारिख आइतबार सम्पन्न  उक्त फुटसल प्रतोयोगिताम़ा फाइनल खेलमा आयोजक लुम्बिनी डेउ फुटबल क्लबले फारन दमक फुटबल क्लबलाई शुन्यको बिरुद्ध 1 गोल गरि बिजयी हासिल गरेको थियो l396586752_650985077195537_1212911565684507349_n-1698934236.jpg

" ए " पोलबाट सेमीफाइनल नाम्जी फुटबल क्लबलाई पराजित गरि फारन दमक फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने " बि " पोलबाट बेलबारी फुटबल क्लबलाई पराजित गरि लुम्बिनी डेउ फुटबल क्लब फाइनलको स्थान सुरक्षित गरेको थियो l

 प्रतियोगिताको बिजेता लुम्बिनी डेउ फुटबल क्लबलाई ट्रफि, मेडल, र प्रमाण पत्र सहित नगद 40 लाख वान र उप बिजेता फारन दमक फुटबल क्लबलाई ट्रफि, मेडल, प्रमाण पत्र सहित नगद 20 लाख वान प्रदान गरिएको थियो भने अन्य विधातर्फ खेल अवधि भरिको fairplay team बेलबारी फुटबल क्लबले नगद 1 लाख वान सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्यो साथै ब्यक्तिगत विधाहरुमा उत्कृस्ट खेलाडी बिशाल लिम्बु (लुम्बिनी डेउ फुटबल क्लब), उत्कृष्ट गोलकिपर रबि योङ्हांग (फारन दमक फुटबल क्लब), सर्बाधिक गोलकर्ता निशान कार्की (लुम्बिनी डेउ फुटबल क्लब)लाइ जनही 1 लाख वान सहित मेडल, Token Of Love र सम्मान पत्र प्रदान गरिएको  खेल संयोजक जय राईले जानकारी  दिएका छन्।

प्रतोयोगिताको दोस्रो राउण्डबाट प्रत्येक म्याचम़ा Man Of The Match  पनि प्रदान गरिएको थियो l कार्यक्रमको समापन समारोहम़ा नेपाल फुटबल महासंघका ब्रो o तमू ,आदिबासी जनजाती महासंघ बुसान शाखाका अध्यक्ष परि गुरुङ्ग ,तमू धी बुसान शाखाका अध्क्षय गीता सिंह गुरुङ, समाजसेबी संजीब राई अन्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l

उक्त अबसरमा प्रबासी भुमीम़ा रहेर नेपाली फुटबलम़ा दिनू भएको अमुल्य योगदान स्वरूप ब्रो o तमू र प्रबासी नेपाली फुटबललाइ प्रत्यक्ष प्रशारण गरि सहयोग स्वरूप गोलनेपाल डट कमका कोरिया प्रतिनिधि निरज जंग कार्कीलाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो l  

उक्त फुटसल प्रतियोगितालाइ भब्य, शब्य रुपमा सफल बनाउन अहोरात्र खटिनु हुने स्वयम सेवकहरु, सहभागी सम्पूर्ण फुटबल क्लबहरु, खेलप्रेमीहरु र प्रायोजकहरु लुम्बिनी रेस्टुरेन्ट, DNP Mobile, GME Remit, Shinhan Card र सहयोगी सस्था दाताहरु याकयुङ् सयङ् गजेदो, किरात राई यायोख्या गजेदो शाखा, हान्वा ओसेन नेपाली एकता समाज गजेदो, सुदुर पश्चिम समाज गजेदो लगायत मिडिया एसोसिएट जनआवाज अनलाइन लाई आयोजक कमिटि डेउ फुटबल क्लबका संरक्षक नरेश श्रीष मगरले हार्दिक धन्यबाद ज्ञापन  दिएका छन्

370228445_346321861272419_4128505273657923394_n-1698934106.jpg

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्