"लोक दोहोरी प्रतिस्ठानको "सलनाल लोक धमाका 2024" को तयारी पुरा

आइतबार, माघ १४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,डायस्पोरामा लोकगित संगितको संबर्धन र संरक्षणमा जुटेको रास्ट्रीय लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा गर्न लागेको "सलनाल लोक धमाका 2024" कार्यक्रमको तयारी पूरा भएको आज आयोजक पक्षले जानकारी दिएका छन्।

IMG_0300-1706610531.JPG

 

नेपाल देखि आमन्त्रित प्रतिष्ठित गायक पशुपति शर्मा सर्मिला गुरुङ लगायत गायक ख्यातिप्राप्त गायक गायिका सुर्य खड्का युवाराज छन्त्याल करिस्मा मगर श्रीधर अधिकारीको  प्रस्तुति रहने कार्यक्रम छ सोही दिन  गत डिसेम्बर देखि अडिसन हुँदै फाइनल सम्म पुगेको एकल लोक गायन प्रतियोगिताका  फाइनल प्रतियोगिहरु बिचको फाइनल प्रतिस्पर्धा समेत हुनेछ।क्लासिकल नृत्यङ्गना सीता सुबेदिको नृत्य प्रस्तुती पनि रहने कार्यक्रम सपना रोका मगरले सन्चालन गर्नेछिन।

सलनालको तेस्रो दिन 서을 특별시 종로구 낙원동 284-6 낙원상가 को चौथो तल्लाको  हलमा हुने कार्यक्रममा नेपाली  मौलिक खानेकुरा र हलसम्म पुग्न दोङ्देमुन  देखि बसको ब्यवस्था छ।कार्यक्रम स्थलमा नेपाली मौलिक तथा परम्परागत खानाको ब्यवस्था कार्यक्रमको अर्को आकर्षण रहेको छ। लोक संगितको संरक्षण र संवर्दनमा अत्यन्तै मेहनतका साथ लागेको आयोजक टिमले सबै सङ्ग सहयोगको अपेक्षा राखेको छ।

IMG_0287-1706447968.jpg

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्