‘सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४’को सम्पूर्ण तयारी पूरा कार्यक्रम हुने दिनको पर्खाइमा : अध्यक्ष सुनिता

बुधबार, माघ १७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया जेजुदो -मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाले आपतकालीन राहतकोष सहयोगार्थ ‘सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४’आयोजना गर्ने भएको हो।

IMG_0314-1706702344.JPG

“तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौ।आफ्नो पहिचान र अस्तित्वका लागि एक हौ।”भन्ने मुल नाराका साथ कार्यक्रम जेजुदोको एक शन्तदार होटल Astar Hotel मा  फेब्रुअरी ११ तारिख हुने र सबै तयारी पूरा भैइसकेको अब कार्यक्रम हुने दिनको पर्खाइमा रहेको जेजुदो घेदुङको अध्यक्ष सुनिता ब्लोनले  बताए।

IMG_0313-1706702391.jpg

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सबैको रोजाईमा पर्न सफल चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ, साथै गायिका रिचा ब्लोन तामाङ,कलाकार प्रतिग्या लामा स्थानिय कलाकारहरु मनिस लिम्बु,प्रेम सङ्कर,आक्साङ शेर्पा,सागर,रुपक गुरुङ,प्रताप लामा,कपिल र नरेन मदेन,मेवाङ्ग र प्रेमिला लामा,प्रतिक तामाङ,गोविन तामाङ,युन्मि तामाङ,रोस्नि गुरुङ,निसा पुन मगरको प्रस्तुति रहने बताएका छन्।

डिजे दिपक गुरुङका साथ खगेन मोक्तानले कार्यक्रम सन्चालन गर्ने तय भएको छ।ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा तामाङ लगायत गैर तामाङ जेजु बासि सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भई कार्यक्रम लाइ सभ्य र भब्यका साथ सफल पार्न आयोजकले  निमन्त्रणा  समेत गरेका छन्‌।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्