आउँदो मार्च ३ तारिक अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाले सातौ अधिवेशन गर्ने

सोमबार, फागुन ७, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,यहि आउँदो मार्च ३ तारिक  अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाको सातौ अधिवेशन  हुने भएको हो। अधिवेशन भव्य रूपमा सम्पन्न गर्नको लागी  तयारी लगभग पुरा भएको अर्घाखाँची सम्पर्क मञ्च द.कोरियाका अध्यक्ष हिमाल खनालले जनआवाज लाई जानकारी दिएका छन्।

२०१० मा स्थापना भएको यो संस्थाले परदेशी भुमिमा विभिन्न समस्यामा परेका बेला अर्घाखाँची जिल्ला बासी लाई होस् या अन्य नेपाली लाई पर्दा अग्रपङ्तीमा उभिएर सहयोग हरु गर्दै आएको छौ ,अध्यक्ष खनालले बताए।

IMG_0513-1708336426.JPG

आयोजकले अधिवेशन  भव्य रूपमा सफल पार्नको  लागि कोरियामा  रहनुहुने सम्पूर्ण  सङ्घ संस्थाका प्रतिनिधि श्रमिक,व्यापारी, विद्यार्थी, वृद्धिजिवी,पत्रकार तथा आम नेपाली जनसमुदायलाई  निम्न मिति र स्थान मा उपस्थिती को  लागि हार्दिक  अनुरोध  पनि गरेका छन्।

कार्यक्रम:

मितिः २०२४ मार्च ३ तारिक आइतबार 

समयः बिहान ११:०० बजे

स्थानः दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्