कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न नेतृत्वमा ;धर्मराज तिवारी

सोमबार, फागुन १४, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया,कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भए सँगै नेतृत्वमा ;धर्मराज तिवारी सर्वसहमतिले चयन भएका छन्।२०२० मा स्थापना भएको यो संस्थाले सामाजिक काममा निकै सक्रिय  कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन मिति २०२४/०२/२५ तारिखका दिन नेपाली थाई रेस्टुरेन्टको सभाहल दोङदेमुन, सउलमा  निवर्तमान अध्यक्ष गणेश कोईराला ज्यूको सभाध्यक्षतामा सम्पन्न भएको हो l कार्यक्रममा  प्रमुख  अतिथि नेपाली राजदुतावास उपनियोग प्रमुख पुष्पराज भट्टराई , विशिष्ट अतिथिहरू, गैर आवासिय नेपाली संघ NRNA दक्षीण कोरियाका अध्यक्ष बुद्धि गुरुङ,NCC दक्षीण कोरियाका उपाध्यक्ष हर्क बिष्ट,  प्रवासी मजदुर संघ दक्षिण कोरियाका अध्यक्ष उदय राईको उपस्थिति रहेको थियो भने विशेष अतिथिहरुमा गण्डकी प्रदेश समाज दक्षिण कोरीयाका अध्यक्ष प्रविन गिरी, अतिथिहरु कर्णाली प्रदेश समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष एवम वर्तमान संरक्षक प्रकाश बस्नेत  लगायत विभिन्न जिल्लाका जिल्लागत अध्यक्ष, जातीय  संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, सामजसेवि,पत्रकार, वृद्धिजिविहरुको बाक्लो  उपस्थिति रहेको थियो ।

नव कार्यसामितीमा अध्यक्ष धर्मराज तिवारी (दैलेख),वरिष्ट उपाध्यक्षमा तिलक हमाल(सुर्खेत),महिला उपाध्यक्षमा प्रेमकला बिक(जाजरकोट),उपाध्यक्षहरू ललित बुढा(सुर्खेत)भूपाल कुसारी(रूकुम पश्चिम) र राजेन्द्र बिष्ट(दैलेख) चयन भए भने महासचिवमा नेपाल कार्की (जाजरकोट),सचिवहरूमा रेम बुढा(सुर्खेत),पृथ्वी मगर(सल्ल्यान)  र बिपिन चन्द(रूकुम पश्चिम)चयन भए त्यसैगरी कोषाध्यक्षमा बसन्त राना(सल्यान),सहकोषाध्यक्षमा रन बहादुर रावत (जुम्ला)सदस्यहरूमा कर्ण बहादुर कार्की(जाजरकोट),टेक बहादुर बटाला (जाजरकोट),धर्मराज रावत (जाजरकोट),ममता विष्ट(कालीकोट),प्रकाश सिंह (कालीकोट),बिरेन्द्र बुढा (सुर्खेत) र धर्मराज पुन(रूकुम पश्चिम) लगायत कार्यसमितीमा अठाएका छन्।

कार्यक्रम सञ्चालन  भने कर्णाली प्रदेश दक्षिण कोरियाका निवर्तमान महासचिव तिलक हमालले गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्