रिचा तामाड बुलुनको “रातो रिबन मेन्दोमाया” बोलको म्युजिक भिडियो सार्वजनिक

बुधबार, फागुन १६, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया ,रिचा तामाड बुलुनको मेन्दो मायाको दोस्रो एल्बम “रातो रिबन मेन्दोमाया” बोलको म्युजिक भिडियो एल.मसी डिजिटल मिडीया युटुब च्यानल बाट आज सार्वजनिक गरिएको छ। गितमा तामाङ समुदायको सांस्कृतिक भित्र पर्ने मेन्दमायालाई मौलिक रुपमा प्रस्तुत गर्न खोजिएको छ।म्युजिक भिडियोमा  आफ्नै जन्म थलो रसुवामा छंयाकन गारिएको छ। भिडियोमा रसुवाको सुन्दर हिमाल र रमणीय  स्थल नाक्थलीको दृश्य हेर्न सकिने छ।

9821a11e-e3d1-4b1e-8ebe-bb8119df0887-1709125432.JPG

गित रिचा तामाड ब्लोनको सुमधूर स्वार ,रोशन फुवा तामाङको शब्द/संगीत  र शिला बहादुर मोक्तानले एरेन्ज गर्नुभएको छ। भने मिक्सीङ् वांगच्यु फ्युबा, फ्युबा स्टुडियो, रेकर्डिङ पदम राजन (दक्षिण कोरिया)ले गर्नुभएको छ त्यसैगरी भिडीयोमा याङ्गी दोङ तामाङ र कारसाङ (घोडा) को मिलेको केमेस्ट्री देख्न सकिन्छ भने कोरस डान्सरहरु टिसिरीङ,बिरु घले,पुष्प तामाङ,रेजिना मगर,पूर्णिमा तामाङ,अनिशा तामाङ र स्नेशा तामाङ रहेका छन्। क्यामेरा,ड्रोन,सम्पादन र निर्देशनको सबै काम रोशन फुवा तामाङले गर्नुभएको छ भने कोरियोग्राफर भने सिङ्गा बी तामाङले गर्नु भएको छ।

रिचा एक सुमधूर स्वारको धनि  गायिका त हो नै उहाँ विदेशी भूमिमा रहेर पनि आफ्नो मौलिक गित सङ्गित लाई पनि संगै लादै एक सफल व्यवसयिक पनि हुनुहुन्छ । रिचा हाल दक्षिण कोरिया जेजेदो स्थित रेस्टुरेन्ट व्यवासय गर्दै आउनु भएको छ।

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्