प्रथम साङ्दोङ् कप २०२४ यहि मार्च १७ मा हुने

शनिबार, फागुन १९, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरियामा जाडो सिजन गए सँगै अब फुटसल टुनामेन्टहरु गर्ने लहर चलेको छ ।यसै गरि यहि वर्ष २०२४ को पहिलो फुटसल टुनामेन्ट दक्षिण कोरियाको ख्याङ्नाम प्रान्तमा रहेको साङ्दोङ फुटबल क्लाबले खेलाडीको हक हित र भैपरी आऊन सक्ने समस्याहरुलाई निराकरण गर्ने उद्देश्यले आपातकालीन रहत कोष स्थापना सहयोगर्थ यहि मार्च १७ तारिकका दिन प्रथम साङ्दोङ फुटसल कप-२०२४ गर्ने भएको छ ।जसमा टिम दर्ता कोरियन वन तिन लाख छ भने प्रथम पुरस्कार ३० लाख वन द्धितिया पुरस्कार २० लाख वन  उत्कृष्ट गोलकर्ता,उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपर लाई १ लाख वन तोकिएको छ।खेल दक्षिण कोरियाको किम्हे शहरमा रहेको सधै गर्ने फुटसल मैदान 초은 풋살 파크 मा गर्ने भएको हो ।कोरियामा रहेका सम्पुर्ण फुटबल तथा फुटसल क्लबहरुलाई तोकिएको समयवधि भित्र टिम दर्ता गरि सहयोग गरिदिनु हुन क्लबका सचिव दामोदर उप्रेती ज्युले आग्रह गर्नु भएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्