दयाहाङ राईको ‘डिग्री माइला’ दक्षिण कोरिया गजेदो सो अप्रिल १३ मा प्रदर्शन हुने

बुधबार, फागुन ३०, २०८०
कोरियामा बिना धितो छिटो छरितो ऋण लिन सकिने

दक्षिण कोरिया

रामबाबु गुरुङ द्वारा निर्देशित नेपाली कथानक चलचित्र डिग्री माइला’ एम .ए थर्ड क्लास’ यहि आउँदो अप्रिल १३ मा दक्षिण कोरिया गजेदोमा प्रदर्शन गर्ने भएको छ।किरात राई यायोक्खा गजेदो दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०८१ को पावन अवसरमा " आपतकालीन राहत कोष स्थापनार्थ " यही मिति २०२४-०४-१३ तारिक नेपाली चलचित्र "डिग्री माइला" प्रदर्शन गर्ने भएको हो।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर फिल्म बनेको हो । उक्त नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । फिल्ममा भने उनी मुख्य भूमिकामा देखिने छ ।शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित नाटकले पनि यही विषय उठाएको थियो । कमेडी जनरामा बनेको  फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । निर्देशक गुरुङले ‘डिग्री माइला’ प्रदर्शनमा आएपछि ‘कबड्डी ५’को निर्माण थाल्ने चर्चा छ ।

फिल्मका मुख्य कलाकारहरुमा दयाहाङ राई ,आँचल शर्मा,विजय बराल,बुद्धि तामाङ र माओत्से गुरुङलगायत रहेका छन्। कोरियाका लागि भने  अफिसियल राइट्स “नमस्ते(फ्याफुल्ला) कोरिया - नेपाल इन्टटेटमेन्ट” प्रा.लि ले पाएका छन्। फिल्मले कबड्डी ४’ र ‘जारी’ फिल्मको  रेकर्ड तोड्न सक्ने कथाबस्तु रहेको निर्माण पक्षले दावि गरेका छन्। रामबाबु गुरुङ नेपाली चलचित्र परिवेशमा टिपिकल र अर्गानिक कथा वस्तु लाई पर्दामा ल्याउन सक्ने एक कुशल सफल निर्देशक भने पक्कै हुन्।

किरात राई यायोक्खा गजेदो दक्षिण कोरियाले स्थापना काल देखि नै सामाजिक सास्कृतिक तथा सेवामुलक कार्यक्रमहरु गर्दै आएको यस संस्थाले सोही कार्यलाई निरन्तरता दिन र सस्थागत मजबुतीका लागि फिल्म प्रदर्शनी बाट सङ्कलित रकम गजेदो क्षेत्रमा सामाजिक सेवा कार्यमा खर्चिने आयोजकले जनाएका छन्।

साथै गजेदो क्षेत्रमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहीनीहरु लगायत संस्थाहरुका प्रतिनिधि ,समाजसेवी,बुद्धिजिवी साथै सम्पुर्ण चलचित्र प्रेमीहरुमा तपशिलको मिति स्थान र समयमा उपस्तिथि भई मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा हातेमालो गर्न समेत हार्दिक अनुरोध गरेका छन्।

dc5cec4d-5ee8-4fc5-bcd9-efd6d02a43c2-1710327010.JPG

मिति : २०२४/०४/१३ शनिवार (नेपाली नयाँ बर्ष वैशाख १ गते)

समय : साझ ७ बजे

स्थान : 거제 대학교

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्